6 years ago
December 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको आइतबार भव्य उद्घाटन भएको छ । दुई दशक पछि नेपाल फर्केको सागको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । नेपालले साग (तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद –साफ) सन् १९८४ मा पहिलो र १९९९ मा आठौं संस्करण आयोजना गरेको थियो ।
राष्ट्रपति भण्डारीले सम्बोधनमा भनिन् ,‘नेपालले तेस्रोपटक दक्षिण एसियाली खेलकुदको आयोजना गर्न लागेकोमा धेरै खुसी छु । खेलले नै देशको आपसी समझदारीलाई अघि बढाउने काम गर्दछ । सबै सहभागी राष्ट्रलाई सफलताको शुभकामना । म साग खेलकुद सुरु भएको घोषणा गर्दछु ।’
राष्ट्रपतिको सम्बोधन अघि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा सुनार, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, १३औं साग आयोजकको संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले सबै मन्तव्य राखेका थिए ।
राष्ट्रपतिको सम्बोधनअघि सातै राष्ट्रका खेलाडीले मार्चपास गरेका थिए । मार्चपासमा नेपालको झन्डा भारोत्तोलनका कमलबहादुर अधिकारीले बोकेको थिए । कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टले सागको दिप प्रज्वलन गरे । त्यसपछि खेलाडी, रेफ्री र निर्णायकले शपथ खाएका थिए । खेलाडीको तर्फबाट राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान पारस खड्का र रेफ्रीको तर्फबाट दीपक थापाले सपथ लिएका थिए । ब्याडमिन्टन एसियाका सिनियर अम्पायर थापा २०१६ को रियो ओलम्पिकमा ब्याडमिन्टनको लाइन जज दिए ।
झन्डैकरिव ३ घन्टा चलेको उद्घाटन सत्रमा सहभागी राष्ट्रका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उदटन समारोहमा १२ हजार भन्दा बढी दर्शकको सहभागिता रहेको बताइएको छ । उद्घाटन सत्रको बीच बीचमा आतिशवाजी गरिएको थियो । औपचारिकको समाप्तीपछि भने भव्य आतिशवाजी गरिएको थियो ।
२०१६ को फेब्रुअरीमा भारतको गुवाहाटी र सिलोङमा भएको पछिल्लो संस्करणमा नेपालले आयोजनाको झन्डा लिएको थियो । १३ औं सागमा २६ खेल समावेश यस संस्करणमा समान ३ सय १७ स्वर्ण र त्यत्तिनै रजत तथा ४ सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । बंगलादेशमा २०१० मा भएको सागमा २३ इभेन्ट तथा २०१६ मा २२ इभेन्ट थिए ।
२००६ मा श्रीलंकामा भएको सागमा यसअघि सबैभन्दा बढी २ सय २५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । ७ देशका ३ हजारभन्दा बढी खेलाडीले यसपालि प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपालको सबैभन्दा धेरै ५ सय ९३ खेलाडी छन् । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटका अनुसार १ सय २१ जना स्वदेशी र १३ जना विदेशी प्रशिक्षक तथा ५२ जना व्यवस्थापकसमेत गरेर नेपाली टोली ७ सय ८० जनाको सहभागिता छ ।
काठमाडौं र पोखरा यसपटकका मुख्य खेलस्थल हुन् । काठमाडौं, ललितपुर, कीर्तिपुर र गोकर्णेश्वरमा एथलेटिक्स, बास्केटबल, थ्रीबाईथ्री बास्केटबल, बक्सिङ, पुरुष क्रिकेट, साइक्लिङ, फेन्सिङ, पुरुष क्रिकेट, गल्फ, जुडो, कबड्डी, कराते, खोखो, पौडी, सुटिङ, स्क्वायस, टेबलटेनिस, तेक्वान्दो, भलिबल र उसु आयोजना हुनेछन् । पोखरामा आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्यान्डबल, ट्रायथलन, बिच भलिबल र भारोत्तोलनका प्रतिस्पर्धा हुनेछन् । जनकपुरमा कुस्ती आयोजना हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]