6 years ago
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३ औं दक्षिण एसियाली खेलकुदको दोस्रो दिन १५ पदक जित्दै सानदार सुरुवात गरेको छ । नेपालको लागि फलदायी बनेको सोमबार मार्सल आर्ट्सका खेल कराते र तेक्वान्दोले ७-७ पदक ल्याउँदा ट्रायथलनले एक पदक जित्यो ।
करातेमा स्वर्ण पदक जितेका खेलाडीहरु :
कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे ।
त्यसअघि सेमिफाइनलमा मन्डेले बंगलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाए । मन्डेले २४ तथा बंगलादेशका खेलाडीले २२.८ अंक जोडे । श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए ।
कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

नेपालले फाइनलमा श्रीलंकालाई पराजित गरेको हो । नेपाली टोलीले फाइनलमा २५.५४ अंक प्राप्त गर्यो। यस्तै श्रीलंकाले २५.२८ अंकले पराजित गर्यो। त्यसअघि बंगलादेशलाई हराउँदै नेपाल अन्तिम दुईमा पुगेको हो । नेपाली टोलीले २५.१४ स्कोर गर्दा बंगलादेशले २४.८८ स्कोर गरेको थियो । श्रीलंकाले पाकिस्तानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो ।
कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

सातदोबाटोस्थ्ति नवनिर्मित कभर्डहलमा सोमबार भएको टिम कातामा पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भएको हो । फाइनलमा नेपालले २४.८८ अंक तथा पाकिस्तानले २३.३ अंक जोड्न सफल भयो ।
कराते (५५ केजी) – लक्ष्मण तामाङ

करातेको कुमुतेमा ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १ –० को अन्तरले पराजित गरेका हुन् ।
कराते(८४ केजीमाथि)- विप्लवलाल श्रेष्ठ

दिवसले फाइनलमा पाकिस्तानका मोहमद बाजलाई पराजित गर्दै नेपालका लागि दशौँ स्वर्ण जितेका हुन् । त्यसअघि उनले श्रीलंकाका मग्गोनालाई टेक्निकलका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
कराते (४५ केजी मुनि) – कुसुम खड्का

कुसुमले फाइनलमा बंगलादेशकी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यसअघि कुसुमले सेमिफाइनलमा श्रीलंकाकी सेनारथ आराचागीलाई ७-६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।
कराते (५० केजी मुनि) – अनु अधिकारी

११औं सागकी रजत पदकधारी अनुले उत्कृष्ट प्रदर्शनसँगै कराँतेमा अर्को स्वर्ण थपेकी हुन् । फाइनलमा अनुले श्रीलंकाकी डन पाउलु बादलेगीलाई ८-० ले पराजित गरेकी गर्दै स्वर्ण पक्का गरेकी हुन् । फाइनलमा विपक्षी खेलाडीलाई टेक्निकल नकआउट गरेकी उनले त्यसअघि पनि सोहि अनुसार जित हासिल गरेकी थिइन् ।
त्यसअघि सेमिफाइनलमा शुरुबाट नै आक्रामक रुपमा प्रस्तुत भएकी अनुले विपक्षी खेलाडीलाई एक अंक पनि दिएकी थिइनन् । उनले लगातार आठ अंक ल्याउदा बंगलादशकी फमिदा अख्तरले कुनैपनि अंक जोड्न सकिनन् ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]