default_image

6 years ago

December 3, 2019

पोखरामा सागको शुभारम्भमा औपचारिक कार्यक्रम

142 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) –पोखरामा पनि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) को सोमबार आतिसवाजी सहित शुभारम्भ भएको छ । आइतबार काठमाण्डौंमा भव्य समारोहका बिच उद्घाटन भएको भोलि पल्ट ८ वटा खेल हुने पोेखरामा पनि काठमाण्डौंकै जस्तै गरी आतिसवाजी सहित उक्त खेलको शुभारम्भ गरिएको हो ।

उद्घाटनको अवसरमा मार्च पासमा सोनी गुरुङले नेपालको झण्डा बोकेकी थिइन् । उनले ट्राय्थलनमा पोखराबाट पहिलो स्वर्ण पदक दिलाएकी हुन्। ७ देशका खेलाडी एवं अफिसियलहरुलाई पोखरामा स्वागत गर्न पोखरा रंगशाला सिंगारिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त खेलको शुभारम्भ गर्दै पोखरामा हुने सागलाई भव्य रुपमा सफल पार्न आग्रह गरेका छन्।

उनले भने ,’ पोखरामा धेरै छिटो खेलकुदका भौतिक संरचना निर्माण भए, यसमा हाम्रा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्नेमा हामी विश्वस्त भएका छौं, पोखरामा हुने खेल भव्य रुपमा सम्पन्न गर्न सवै क्षेत्रको सहयोगको अपेक्षा गरेका छौं । ‘ पोखरामा सागका केही खेल हुनु पोखरा र प्रदेशकै गौरवको बिषय भएको उनले बताए ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सागको अवसरमा पोखरामा धेरै खेलकुद पूर्वाधार निर्माण भएको बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेशकुमार सिलवाल अघिल्लो कार्यसमितिले गर्न नसकेको बक्यौता १३ औं साग आफ्नो कार्यकालमा सम्भाव भएको दाबी गरे ।

राखेप सदस्य राजेश कुमार गुरुङले छोटो समयका बाबजुत खेलकुदका धेरै भौतिक पुर्वाधार निर्माण भएको बताउदै यसमा केही गल्ती हुन सक्ने जनाए । उद्घाटनको अवसरमा विभिन्न जनजातिको भेषभुषा भल्कने भेषभुषा सहित ७ राष्ट्रका खेलाडीहरुले आफ्नो झाण्डा सहित मार्च पास गरेका थिए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरामा हुने १३ औं सागलाई सफल पार्न सवैमा आग्रह गरे ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.