default_image

6 years ago

December 5, 2019

तेक्वान्दोमा मनिता र अप्सरा स्वर्णबाट चुके

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनिता शाही र अप्सरा कार्की १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएको फाइनलमा भारतीय प्रतिद्वन्द्वीसँग पराजित हुँदै रजतमा सिमित भएका छन्

महिला ७३ केजीमुनि तौल समूहमा मनिता भारतकी मारिया रेगीसँग १५-० ले पराजित भइन् मनिता पहिलो चरणमा ६-० ले पछाडी रहेकी थिइन् । दोस्रो चरणमा मारियाले दवदवा कायम गर्दै १३-० को अग्रता पुर्याइन् । त्यसअघि मनिताले श्रीलंकाकी सचिता आर्चाचिगेलाई २९-२ ले हराएकी थिइन् ।

त्यसअघि अप्सरा कार्की ६७ केजी मुनि तौल समूहमा फाइनलमा पराजित भएपछि रजतमा सिमित भइन् फाइनलमा भारतकी रुचिका भावेसँग ८-५ ले पराजित हुँदै अप्सरा स्वर्णबाट चुकीन् पहिलो राउण्डमा भारतले ४-० को अग्रता लिएको थियो । दोस्रो राउण्डको समाप्तिमा ७-२ को स्थिति रहेपनि अन्त्यमा अप्सराको पुनरागमन प्रयास सफल हुन सकेन ।

सेमिफाइनलमा अप्सराले बंगलादेशकी सलमा खातुनलाई पराजित गरेकी थिइन् भारतकी रुचिकाले भने भुटानकी सोनाम यान्ग्सोलाई हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन्

त्यसअघि महिला ४९ केजी मुनि तौल समूहमा युनिषा राई सेमिफाइनलमा भारतकी पुर्वा दीक्षितसँग पराजित हुँदै कास्यमा सिमित भएकी थिइन्

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.