6 years ago
December 11, 2019
प्रकाश तिमल्सिना, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाटतर्फबाट बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पदक विजेता खेलाडीका लागि विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम तय थियो । कार्यक्रममा भाग लिन पदक विजेता खेलाडी, प्रशिक्षक, संघका पदाधिकारी त्रिुपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
निर्धारित समयभन्दा ढिला गरि सुरु भएको कार्यक्रममा प्रधानमन्त्रीले पदक विजेता खेलाडी सबैलाई बधाई दिए । सदा जस्तै उनले नेपाली खेलाडीको प्रशंसा गरे । पूर्ण रुपमा स्वस्थ नरहेका प्रधानमन्त्रीको आवाज पछाडि बस्ने खेलाडी पदाधिकारीले राम्ररी बुझेका थिएनन् । तर, पनि खेलाडी प्याकेज घोषणा सुन्नका लागि हलमा भरिभराउ थिए । सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले प्याकेजको घोषणा थाले । व्यक्तिगत खेलबाट उनको घोषण सुरु भयो । कास्य पदक विजेताले जनही ३ लाख रुपैयाँ, रजत पदक विजेताले ६ लाख रुपैयाँ र स्वर्ण पदक विजेताले ९ लाख रुपैयाँ घोषणा गर्दा सबै खुसी भए । ताली पनि त्यहि अनुरुपले बज्यो । ओलीले २ वा त्यो भन्दा बढी स्वर्ण पदक विजेता खेलाडीले प्रत्येक स्वर्ण वापत ११ लाख रुपैयाँ पाउने घोषणा गरे । यहाँ सम्म सबै ठिकै थियो ।
जब समूहगत स्पर्धाको घोषणा गर्ने बेला आयो त्यहाँ प्रधामन्त्रीदेखि मन्चमा रहेका खेलकुदका उच्च पदस्थ अधिकारी सबै अलमलमा देखिए । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र राखेप सदस्य सचिव रमेश सिलवालसँगको परामर्शपछि प्रधानमन्त्री ओलीले अर्को घोषणा गरे । समूहगत खेलका विजेता खेलाडीजे जनही ५ लाख रुपैयाँ र तीनका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पाउने घोषणा गरे । रजत र कास्य पदक विजेता, तीनका प्रशिक्षक, व्यवस्थापक र सम्बन्धित खेल संघले पाउने रकमको घोषणा भएन । प्रधानमन्त्रीले भने, ‘त्यो पछि मिलाउँदै जाउला । ’
तर, ठूलो हिस्सामा रहेको समूहगत खेलका रजत र कास्य पदक विजेतामा ठूलो अलमल देखियो । कति पुरस्कार रकम पाउने भन्ने उनीहरुले थाहा नपाई बालुवाटार छाड्नु पर्यो । सबैभन्दा ठूलो अलमल भने प्रधानमन्त्रीको सम्बोधनलाई लिएर कार्यक्रम सन्चालक समेत रहेका राखेप सदस्य सचिव सिलवालमा देखियो । प्रधानमन्त्रीले २ भन्दा बढी पदक जित्नेलाई प्रत्येक स्वर्ण बापत ११ लाख भने पनि सलिवालले २ भन्दा माथि जति वटा जितेपछि ११ लाख पाउने बताए । त्यसले गर्दा एक खालको अलमल देखिएको छ ।

प्रधामन्त्रीको सम्बोधन अनुसार गौरिका सिंहले हरेक स्वर्ण पदकको ११ लाखका दरले ४ स्वर्ण पदकको ४४ लाख, २ रजतको ६ लाखका दरले १२ लाख रुपैयाँ गरि ५६ लाख रुपैयाँ पाउनुपर्नेछ । त्यसबाहेक उनले समूहगत स्पर्धामा ३ वटामा कास्य पदक पनि जितेकी छन् । त्यसको घोषणा भएको छैन ।
प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले २ वा त्यो भन्दा बढी स्वर्ण पदकका लागि प्रत्येकको ११ लाख रुपैयाँको दरले पाउने बताएका छन् । तर, सदस्य सचिवले भने त्यस्तो नभएको र कार्यविधि बन्दासम्म कुर्नुपर्ने बताए । ‘मैले बुझेको २ वा त्यो भन्दा बढी स्वर्ण पदक विजेता खेलाडीले ११ लाख रुपैयाँ पाउने हो,’ उनले भने,‘ यसको सबै टुंगो कार्यविधि बनेपछि हुनेछ । लिखितमा आएपछि मात्र भन्न सकिन्छ ।’ प्रधानमन्त्रीले सम्बोधनमा २ वा त्यो भन्दा बढी स्वर्ण जित्नेको हकमा प्रत्येकको ११ लाख रुपैयाँ भन्नु भएको हो नी भन्ने प्रतिप्रश्नमा सिलावलको जवाफ थियो, ‘यदि त्यो हो भने त झन् राम्रो हो ।’
कार्यक्रममा २ वा त्यो भन्दा बढी रजत वा कास्य पदक जित्नेको हकमा पनि सम्बोधनमा कुनै घोषणा गरिएन । यसपटक पुरस्कार राशीमा भने विगतमा भन्दा वृद्धि भएको छ । १२ औं सागमा भन्दा पुरस्कार राशीमा उल्लेख्य वृद्धि भएको छ । त्यति बेला व्यक्तिगत इभेन्टका स्वर्ण पदक विजेताले ५, रजत विजेताले ३ र कास्य पदक विजेताले २ लाख रुपैयाँ पाएका थिए ।
१३ औं सागमा २ वा त्यो भन्दा बढी एकल स्वर्ण जित्ने गौरिका एक्लो खेलाडी हुन् । त्यस्तै व्यक्तिगत र समूहगतमा गरि २ स्वर्ण पदक जित्नेमा ३ खेलाडी मात्र छन् । जसमा तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन् । यी तीनै जनाले व्यक्तिगत खेल र समूहगत खेलमा एक एक स्वर्ण पदक जितेका हुन् । प्रधानमन्त्रीको सम्बोधन अनुसार यी ३ खेलाडीले व्यक्तिगततर्फको ९ र समूहगततर्फको ५ गरि १४ लाख रुपैयाँ पाउनेछन् ।
१३ औं सागको पदक तालिकाको दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण, ६० रजत, ९५ कास्य गरि कुल २ सय ६ पदक जितेको थियो ।
यो पनि पढ्नुहोस् : ‘के हामीले देशकै लागि खेलेको होइन र?’
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]