9 years ago
June 27, 2016
काठमाडौ ।
यति फलोरिङ्ग राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस र शसस्त्र प्रहरीको एपीएफ क्लब समुह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालित प्रतियोगितामा दुवै टिम अपराजित रहदै अन्तिम चार मा स्थान बनाएका हुन् ।
समूह चरणमा एक जित एक हारको मिश्रित नतिजा निकालेका न्यु डायमण्ड र पश्चिमान्चल पनि उपबिजेताको रुपमा सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा एपीएफले न्यू डायमण्ड तथा पुलिसले पश्चिमाञ्चलसाग खेल्नेछन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमवार भएको लिग खेलमा एपीएफले दोहोरो सफलता निकाल्यो । पहिलो खेलमा एपीएफले पश्चिमाञ्चलाई २५–८,२५–१६ र २५–१५को सोझो सेटमा हरायो ।
त्यस्तै दोस्रो खेलमा एपीएफले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१४,२५–५ र २५–४ ले स्तब्ध पाऱ्यो । त्यसैगरि पुलिसले पनि त्रिभूवन आर्मी क्लबलाई २५–१५,२५–२२ र २५–१५ को सोझो सेटमा हरायो । सेमिफाईनल खेल मंगलवार १ बजे देखि शुरु हुनेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]