default_image

6 years ago

December 17, 2019

गल्फका सुवास र रविनालाई सम्मान

265 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा दोहोरो स्वर्ण पदक जितेका सुवास तामाङ र कास्य पदक विजेता रविना श्रेष्ठ सम्मानित भएका छन् ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले दुवै खेलाडीलाई नगदसहित सम्मान गरेको हो । दुवै खेलाडी कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । सम्मान कार्यक्रममा सुवासले १ लाख रुपैयाँ तथा रविनाले २५ हजार रुपैयाँ प्राप्त गरे ।

गाउँपालिकाले देशकै इज्जत राख्न सफल आफ्नो गाउँको खेलाडीको सम्मान गर्दै कार्यक्रम आयोजना गरेको हो । गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले आफ्नो गाउँमा राष्ट्रलाई स्वर्ण दिलाउने खेलाडी रहँदा गाउँकै इज्जत बढेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य लालकुमारी पुनले खेल र समाजको गहिरो सम्बन्ध रहेको बताइन् । कार्यक्रममा गाउँपालिकाको पदाधिकारी, प्रशिक्षक लगायत उपस्थिति रहेको थियो ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.