6 years ago
December 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०१९/२० अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन काठमाडौंस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुँदैछ ।

सोमबार सुरु हुने प्रतियोगितामा नेपाली व्यावसायिक गल्फ इतिहासकै सर्वाधिक सहभागिता हुँदैछ । यसपटक ४३ व्यावसायिक गल्फरहरुले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । यीसँगै ११ एमेच्योर गरेर कुल ५४ गल्फरले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख रुपैयाँ रहेको छ । विजेताले १ लाख २५ हजार, दोस्रो हुनेले ८० हजार तथा तेस्रो स्थान हासिल गर्नेले ५८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसपटक टुरमा नयाँ नम्बर १ भुवन नगरकोटी र अघिल्लो सिजन आधा टुर गुमाएर पनि दोस्रो वरीयता हासिल गरेका शिवराम श्रेष्ठलाई उपाधि दावेदारको रुपमा हेरिएको छ । सागमा दोहोरो स्वर्ण पदक जित्न सफल सुवास तामाङले एमेच्योर ट्रफीका लागि खेल्नेछन् । उनीसँगै टिम इभेन्टमा स्वर्ण जितेका शुक्रबहादुर राई र टंकबहादुर कार्कीले भने यसपटक व्यावसायिक खेलाडीका रुपमा खेल्दैछन् । दुवै गल्फरलाई दावेदारको रुपमा हेरिएको छ ।

अघिल्लो महिना मात्र व्यावसायिक गल्फर बनेका युवा खेलाडी विनोद तामाङ र विपिन तामाङसँगै सुनिल केसी, कमल थापा र भिमसेन चौलागाईंले पनि यस प्रतियोगिताबाट डेब्यु गर्दैछन् । यसपटक टुरमा कुल ८ इभेन्ट रहने र कुल पुरस्कार राशी ५५ लाख ३६ हजार ७ सय ५० रुपैयाँ रहने नेपाल व्यावसायिक गल्फर्स संघ (एनपीजीए) ले जनाएको छ ।
एनपीजीए अध्यक्ष रविन्द्रमान श्रेष्ठले टुरको १२ औं वर्षमा आइपुग्दा नेपालको गल्फ खेलको विकासमा यस टुरले महत्त्वपूर्ण भूमिका खेलेको बताए । व्यावसायिक र एमेच्योर दुवै खेलाडीलाई सहयोग पुर्याएकै कारण पछिल्लो समय गल्फलेअन्तर्राष्ट्रिय जगतमा पनि सफलता हासिल गरेको उनले बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]