9 years ago
June 30, 2016
काठमाडौं- एपिएफ क्लबले यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधि रक्षा गरेको छ । एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा एपिएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो ।
एपिएफकी सरस्वती चौधरी सर्वोत्कष्ट खेलाडीबाट पुरस्कृत भइन् । सरस्वतीले १५ हजार र बुद्ध एयरको माउन्टेन फलाइट टिकट प्राप्त गरिन । उत्कृष्ट खेलाडिको नगद सौजन्य अम्बिका शर्माले गरेकी थिईन् । यसैगरी प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट स्पाइक, एपिएफकी नेविका चौधरी उत्कृष्ट सर्भर, उषा विष्ट उत्कृष्ट ब्लकर, बिनिता बुढाथोकी उत्कृष्ट सेटर, नेपाल पुलिस क्लबकी कमला पुन उत्कृष्ट डिफेन्स भइन् । एपिएफलका सुदेशकुमार रिमाल उत्कृष्ट प्रशिक्षक चुनिए ।
गत बर्ष फाइनल खेलेको न्यू डाइमन्डले यसपटक तेस्रो स्थान हासिल गर्यो । न्यू डायमन्डले पश्चिमाञ्चललाई २५–१४, २५–१९, २३–२५ र २५–१७ ले हराएको थियो । छ बिधाका उत्कृष्टलाई भलिबलका निवर्तमान अध्यक्ष दान बहादुर तामाडले नगद १८ हजार प्रायोजन गरेका थिए । प्रतियोगितालाई मुख्य प्रायोजक केडिया ग्रुपको उत्पादन यती फ्लोरिङले ५ लाखको मुख्य प्रायोजन गरेको थियो । आइएमइ रेमिटले सह–प्रयोजकको रुपबाट २ लाख प्रायोजन गरेको थियो । रामेछाप प्रितिका समाजसेवी सम्बरवहादुर तामाङले तेश्रो पुरस्कारका लागि नगद ४० हजार प्रायोजन गरेका थिए ।
अनन्त लिङेश्वर नगरपालिकाले २५ हजार,धनकुटा निवासी कल्पतरु आवासका प्रबन्ध निर्देशक डम्वरवहादुर बस्नेतले नगद २५ हजार सौजन्य गरेका थिए । त्यस्तै नेपाल टेलिकम,बर्जर पेन्ट,कन्साइ पेन्ट,न्यु बि आर इन्टरप्राइजेज मानभवनले प्रतियोगिताका लागि ब्यानर प्रयोजन गरेका थिए ।
विजेता एपीएफले १ लाख रुपैया, दोस्रो भएको पुलिसले ६० हजार र तेस्रो भएको न्यू डायमन्डले ४० हजार पाएको छ । शेर बहादुर खड्का स्मृती प्रतिष्ठान बालकोट–१ ले गरेको प्रतियोगिताको विजेता खेलाडीलाई राखेपका सदस्य सचिव केशब बहादुर विष्ट, नेपाल भलिबल संघ अध्यक्ष मनोरञ्जनरमण शर्मा, निवर्तमान अध्यक्ष दान बहादुर तामाड प्रतिष्ठानका अध्यक्ष रन्जन खड्कालगातयले पुरस्कृत गरेको थिए ।
प्रतियोगिताका मुख्य प्रायोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अनिलकुमार केडिया,सह–प्रयोजक आइएमइ रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,बालकोटका श्यामवहादुर रानाभाटको पनि उपस्थिति रहेको थियो । असार १२ देखी सुरुभएको प्रतियोगितामा विभागीय टोली एपिएफ, पुलिस, न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गरेको थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]