default_image

6 years ago

December 25, 2019

शिवरामलाई फराकिलो अग्रता

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुरको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन आठ स्ट्रोकको अग्रता लिएका छन् ।

गोकर्ण गल्फ क्लबमा बुधबारको खेल समाप्त हुँदा शिवराम चार अण्डर ६८ स्कोर जोड्दै कुल १० अण्डर २ सय ६ स्कोरसहित शीर्षस्थानमा छन् ।
उनलाई दोस्रो स्थानका रवि खड्काले तीन अण्डर ६९ स्कोरसहित कुल २ अण्डर २ सय १४ स्कोर जोडेर पछ्याएका छन् । रामे मगरले २ ओभर २ सय १८ तथा भुवन नगरकोटी र शुक्र बहादुर राईले तीन ओभर २ सय १९ स्कोर बनाएका छन् । दिपक थापा मगर र संजय लामाले चार ओभर २ सय २० स्कोर जोडेका छन् ।

एम्योच्योरतर्फ सागका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङले अग्रता लिएका छन् । उनले ५ ओभर २ सय २१ स्कोर गरेका छन् । रितेश तामाङ सुवासभन्दा ५ स्ट्रोकले पछि छन् । बिहीबार अन्तिम राउन्डको खेल हुनेछ ।

तीन दिने प्रतियोगितामा ४३ प्रोफ्रेसनल र तीन गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८० हजार तथा तेस्रोले ५८ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउनेछन् ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.