9 years ago
June 30, 2016
भक्तपुरको कौशलटारस्थित जनप्रेमी कलेजले नेपाल प्रहरीका महिला भलबिल खेलाडीलाई खेल सामाग्री प्रदान गरेको छ । बिहीबार बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुरेन् बहादुर शाहलाई कलेजका प्राचार्य निलेश आचार्यले खेल सामाग्री हस्तान्तरण गरे ।
कलेजले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त खेल सामाग्री सहयोग गरेको जनाएको छ । कलेजले भलिबल सहित खेलाडीको पोशाक सहयोग गरेको छ ।
कार्यक्रममा एआइजी शाहले कलेजले खेल सामाग्री सहयोग गरेर खेलाडीको मनोबल उच्च बनाएको बताए । उनले भने, ’खेलाडीलाई यसरी खेल सामाग्री प्रदान गरेर कलेजले खेलाडीको खेल भावनालाई प्रोत्साहित गरेको छ । जुन प्रसंशनीय छ ।’
उनले यसरी विभिन्न सहयोग पाउादा खेलाडीलाई खेल खेल्न थप हौसला मिल्दै जाने बताए । उनले यो सहयोगपछि खेलाडीले अझै मेहनतका साथ खेल खेल्नेमा आफू विश्वस्त भएको बताए । उनले भने, ’खेलको विकास र विस्तारको लागि यस्ता सहयोग आवश्यक हुन्छ ।’
यसैगरी कलेजमा प्राचार्य आचार्यले महिला भलिबल खेलाडीलाई सहयोग गर्न पाएकोमा खुशी रहेको बताए । उनले अहिले महिला भलिबल टिमलाई मात्रै सहयोग गरेको कलेजले चाडै नै पुरुष खेलाडीलाई पनि सहयोग गर्ने बताए ।
आफू पनि भलिबल खेलाडी भएको र नेपाल प्रहरीको फ्यान भएको बताउादै उनले भने, ’यो सहयोगले खेलाडीहरुको मनोबल बढ्ने छ भन्ने विश्वास लिएका छौं । अबका दिनमा खेलाडीको लागि आवश्यक पर्ने थप अन्य सामाग्रीहरु पनि सहयोग गर्दै जाने सोच छ ।’
उनले खेलकुदको विकास र विस्तारका लागि सहयोग गर्न कलेज सधौ तयार रहेको बताए । उनले भने, ’कहाा कहााबाट सहयोग गर्न सक्छौं भनेर म कलेज व्यवस्थापनसमक्ष कुरा राख्छु र सकेसम्म सहयोग गर्दै जान्छौं ।’
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]