6 years ago
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा १३औं सागको दोहोरो स्वर्णधारी सुवास तामाङले छैटौं संस्करणको जुनियर फाल्डो सिरिज गल्फको उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा शुक्रबार अन्तिम दिन २ अण्डर ७० स्कोरसहित सुवासले कुल ११ अण्डर २०५ स्कोर जोड्दै उपाधि जितेका हुन् । उनी समग्रमा समेत च्याम्पियन बन्न सफल भए । भारतका अभिराज सिंह चौहानले १४ ओभर २३० स्कोर गरे ।
१२ देखि १६ वर्षको उमेर समूहमा १३ वर्षीय सद्भाव आचार्यले उत्कृष्ट गल्फिङ स्किल पस्कदै च्याम्पियन बन्न सफल भए । उनले शुक्रबार ४ अन्डर ६८ स्कोरसहित समग्रमा ५ ओभर २२१ स्कोर गरे । उनले रितेश तामाङलाई ५ स्ट्रोक ओभरले पछि पारे । रितेशले १० ओभर २२६ स्कोर गरे । गर्ल्समा काश्मिरा शाहले २४८ स्कोर गर्दै च्याम्पियन बनिन् । प्रतिभा राईले २७२ स्कोर गरिन् ।

च्याम्पियन त्रय सुवास, सद्भाव र काश्मिराले ११औं फाल्डो सिरिज अन्तरगत भियतनाममा आयोजना हुने एसिया ग्रान्ड फाइनल चरणमा स्थान बनाउन सफल भएका छन् । विजयी खेलाडीलाई नेपाल गल्फ संघका अध्यक्ष टासी घलेलगायतले पुरस्कृत गरे । बुधबारदेखि सुरु भएको तीन दिने फाल्डो सिरिजमा १२ देखि २१ वर्ष उमेर समुहका १६ जुनियर खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा ४ खेलाडीले प्रतिस्पर्धा गरेको थियो ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]