6 years ago
January 21, 2020
धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल इस्टर्न ओपन अन्तर्गत पहिलो दिनको खेल सकिँदा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका एमेच्योर गल्फर निरज तामाङले अग्रता लिएका छन् ।

निरजले घोपाक्याम्पस्थित निर्भाना कन्ट्री क्लबको गल्फ कोर्षमा पहिलो दिन ६ अन्डर ६४ को स्कोर जोडेका हुन् । उनले दोस्रो स्थानमा रहेका स्थानीय गल्फर शुक्रबहादुर राईलाई ३ स्ट्रोकले पछि पारेका छन् । तेस्रो स्थानमा धरानका बलभद्र राईले १ अन्डर ६९ स्कोर बनाएका छन् । शुक्र र निरज दुवैले नेपालका लागि १३ औं सागको पुरुष टिम इभेन्टमा स्वर्ण पदक जितेका थिए ।
निरजले फ्रन्ट नाइनमा ५ अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गर्दा ब्याक नाइनमा भने १ अन्डर ३३ स्कोरमात्र जोडे । उनले दोस्रो, तेस्रो, पाँचौ, छैटौं र सातौं होलमा बर्डी प्रहार गरेका थिए । ब्याक नाइनको १२ औं, १४ औं र १६ औं होलमा बर्डी लेखाएका उनले १५ औं र १८ औं होलमा भने बोगी खेपे ।
साविक विजेता शुक्रले फ्रन्ट नाइनमा १ अन्डर ३५ र ब्याक नाइनमा २ अन्डर ३२ स्कोर ल्याए । बलभद्रले फ्रन्ट नाइनमा १ अन्डर ३५ तथा ब्याक नाइनमा इभन पार ३४ स्कोर जोडे । पूर्व नम्बर १ शिवराम श्रेष्ठ १ ओभर ७१ स्कोरसहित चौथो स्थानमा रहँदा शीर्ष वरियताका भुवन नगरकोटी भने ५ ओभर ७५ स्कोर जोड्दै ३१ औं स्थानमा छन् । उनले फ्रन्ट नाइन १ अन्डर खेलेपनि ब्याक नाइनमा बिर्सनलायक प्रदर्शन गरे ।

दिनेश प्रजापति र रमेश अधिकारी (समान १ ओभर ७१) संयुक्त चौथो तथा शिवकुमार माझि, संजय लामा र दीपक मगर (समान २ ओभर ७२) स्कोरसाथ संयुक्त सातौँ स्थानमा रहेका छन् । एमेच्योरतर्फ सुन्दर राई ३ ओभर ७३ अंक साथ निरजपछि दोस्रो स्थानमा छन् । सोहि स्कोरमा विनोद तामाङ, विपिन तामाङ, कृष्णमान राजवाहक, सुनिल केसी र धनबहादुर थापा संयुक्त दशौं स्थानमा छन् ।
सूर्य नेपाल गल्फ टुर २०१९-२० अन्तर्गत दोस्रो प्रतियोगिता तीन दिन चल्नेछ र ५४ होलको हुनेछ । स्थानीय ७ सहित कुल ३४ व्यावसायिक गल्फरहरुले प्रतिस्पर्धा गरेको प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख रुपैयाँ रहेको छ । सूर्य नेपाल प्रालिको प्रायोजन तथा नेपाल व्यावसायिक गल्फर संघको आयोजनामा हुने प्रतियोगिताको विजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् । उपविजेताले ७५ हजार तथा तेस्रो स्थान हासिल गर्नेले ५५ हजार रुपैयाँ पाउने छन् ।
शीर्ष २४ व्यावसायिक गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् । शुक्रबार हुने प्रो-एम इभेन्टमा व्यावसायिक खेलाडीले एमेच्योर खेलाडीसँग टोली गठन गरेर प्रतिस्पर्धा गर्नेछन् । सुरुवाती दुई दिनको स्कोरपछि शीर्ष २४ व्यावसायिक खेलाडीले अन्तिम दिन प्रतिस्पर्धा गर्नेछन् । यसबाहेक शीर्ष ६ एमेच्योर र व्यावसायिक खेलाडीको कट स्कोर पार गर्नेले अन्तिम दिन खेल्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]