6 years ago
January 22, 2020
धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर बलभद्र राईले सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिनको खेल सकिँदा अग्रता लिएका छन् । उनले अघिल्लो दिन अग्रतामा रहेका स्थानीय एमेच्योर निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् ।

अघिल्लो दिन १ अन्डर ६९ स्कोर जोडेका बलभद्रले बुधबार ५ अन्डर ६५ स्कोर जोड्दै समग्रमा ६ अन्डर १ सय ३४ स्कोर बनाएका छन् । उनले फ्रन्ट नाइनमा ३ अन्डर ३३ र ब्याक नाइनमा २ अन्डर ३२ स्कोर लेखाए । फ्रन्ट नांको दोस्रो, पाँचौ, छैटौं र नवौं होलमा बर्डी प्रहार गरेका बलभद्रले चौथो होलमा बोगी खेपे । ब्याक नाइनमा भने १७ औं र १८ औं होलमा बर्डी खेल्दै उनले शीर्षस्थानमा पुगे ।
अघिल्लो दिन अग्रतामा रहेका एमेच्योर निरजले दोस्रो दिन भने १ ओभर ७१ स्कोर जोडे । उनी समग्रमा ५ अन्डर १ सय ३५ स्कोरमा छन् । उनलाई धरानकै शुक्रबहादुर राईले ३ अन्डर १ सय ३७ स्कोरसाथ पछ्याएका छन् । शुक्रले दोस्रो दिन इभन पार ७० स्कोर जोडे । व्यावसायिकतर्फ तेस्रो स्थानमा रहेका शिवराम श्रेष्ठले पनि इभन पार खेल्दै समग्रमा १ ओभर १ सय ४१ स्कोर पुर्याए ।
संयुक्त चौथो स्थानमा रहेका दिनेश प्रजापति, शिवकुमार माझी र धनबहादुर थापाले कुल ४ ओभर १ सय ४४ स्कोर जोडेका छन् । भुवन नगरकोटी र संजय लामा ५ ओभर १ सय ४५ स्कोरसहित संयुक्त सातौं स्थानमा छन् । जयराम श्रेष्ठ र दीपक मगर ६ ओभर १ सय ४६ स्कोर जोड्दै संयुक्त नवौंमा छन् । एमेच्योरतर्फ निरजपछि दोस्रो स्थानमा रहेका सुन्दर राईले ७ ओभर १ सय ४७ स्कोर जोडेका छन् ।

कट स्कोर १३ ओभर १ सय ५३ रहेकोमा २५ व्यावसायिक र ६ एमेच्योर गल्फरले अन्तिम दिन प्रतिस्पर्धा गर्नेछन् । कट बनाउनेमा व्यावसायिकतर्फ विपिन तामाङ, विनोद तामाङ, कृष्णमान राजवाहक, पशुपति शर्मा, टंकबहादुर कार्की, सूर्यप्रसाद शर्मा, रवी खड्का, भुवनकुमार रोक्का, रामे मगर, दीपक आचार्य, देवराज पाख्रिन, थामबहादुर राई, संजिवबहादुर नेपाली, भिमसेन चौलागाईं र सुनील केसी रहेका छन् । एमेच्योरतर्फ निरज र सुन्दरसँगै शुक्रराज राई, युवराज भुजेल, जीवन राई र रितेश तामाङले प्रतिस्पर्धा गर्नेछन् ।
सूर्य नेपाल गल्फ टुर २०१९-२० अन्तर्गत दोस्रो प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख रुपैयाँ रहेको छ । सूर्य नेपाल प्रालिको प्रायोजन तथा नेपाल व्यावसायिक गल्फर संघको आयोजनामा हुने प्रतियोगिताको विजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् । उपविजेताले ७५ हजार तथा तेस्रो स्थान हासिल गर्नेले ५५ हजार रुपैयाँ पाउने छन् ।
शीर्ष २४ व्यावसायिक गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् । शुक्रबार हुने प्रो-एम इभेन्टमा व्यावसायिक खेलाडीले एमेच्योर खेलाडीसँग टोली गठन गरेर प्रतिस्पर्धा गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]