default_image

6 years ago

January 23, 2020

बलभद्रलाई इस्टर्न ओपनको उपाधि

218 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – स्थानीय प्रो बलभद्र राईले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् । शिवराम श्रेष्ठलाई ४ स्ट्रोकले पछाडी पार्दै बलभद्रले सूर्य नेपाल गल्फ टुर २०१९-२० सिजनको दोस्रो प्रतियोगिताको उपाधि जितेका हुन् ।

बलभद्रले उपाधिसहित १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे । यो उनको करीअरको दोस्रो उपाधि हो । यसअघि उनले २००८-०९ को टुरमा वेस्टर्न ओपन उपाधि जितेका थिए । बलभद्रले घोपाक्याम्पस्थित निर्भाना कन्ट्री क्लबको कोर्षमा तेस्रो तथा अन्तिम दिन ३ अन्डर ६७ स्कोर जोड्दै समग्रमा ९ अन्डर २ सय १ को स्कोर बनाए ।

बलभद्रले पहिलो दिन १ अन्डर ६९ र दोस्रो दिन ५ अन्डर ६५ स्कोर जोडे । तेस्रो दिनको खेलमा फ्रन्ट नाइनको चौथो होलमा बोगीसहित १ ओभर ३७ खेलेका उनले ब्याक नाइनमा ४ बर्डीसहित ४ अन्डर ३० स्कोर बनाए । उनले ११ औं, १६ औं, १७ औं र १८ औं होलमा उत्कृष्ट पट गर्दै बर्डी लेखाएका थिए ।

शिवरामले तेस्रो दिन ६ अन्डर ६४ को उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरे । सुरुवाती दुई दिन औसत प्रदर्शन गरेका उनले फ्रन्ट नाइनमा २ अन्डर ३४ तथा ब्याक नाइनमा ४ अन्डर ३० स्कोर जोडे । शिवरामले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

एमेच्योरतर्फ निरज तामाङले बिहीबार १ ओभर ७१ स्कोर जोड्दै समग्रमा ४ अन्डर २ सय ६ स्कोरसहित उपाधि जिते । एमेच्योरतर्फ शुक्रराज राईले १३ ओभर २ सय २३ स्कोर जोड्दै दोस्रो स्थान हासिल गरे । तेस्रो स्थानमा १५ ओभर २ सय २५ स्कोर जोडेका सुन्दर राई रहे ।

समग्रमा व्यावसायिक गल्फर शुक्रबहादुर राई तेस्रो स्थानमा रहँदै ५५ हजार रुपैयाँ प्राप्त गरे । उनले तेस्रो दिन खराब प्रदर्शन गर्दै ४ ओभर ७४ स्कोर जोडे । एक समय उपाधिका दावेदारका रुपमा रहेका शुक्रले तेस्रो होलमा इगल प्रहार गरेपनि त्यसपछि लगातार चार होल बोगी खेपेका थिए । उनले समग्रमा १ ओभर २ सय ११ स्कोर बनाए ।

चौथो स्थान हासिल गरेका धनबहादुर थापा (२१४) ले ४५ हजार रुपैयाँ प्राप्त गरे । संयुक्त पाँचौ स्थानमा ६ ओभर २ सय १६ स्कोरसहित शिवकुमार माझी र सूर्यप्रसाद शर्माले जनही ३५ हजार ५ सय रुपैयाँ पाए । सातौं स्थान हासिल गरेका दिनेश प्रजापति(२१७) ले ३१ हजार पाए । संयुक्त आठौं स्थानका जयराम श्रेष्ठ (२१८) र रवी खड्काले २८ हजार जित्दा दशौं स्थानका संजय लामा र दीपक मगर (२२०) ले २३ हजार २ सय ५० रुपैयाँ जिते ।

शीर्ष २४ स्थानमा रहेका व्यावसायिक खेलाडीले नगद पुरस्कार हासिल गरे । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर बालकिशन गुरुङ, धरान उपमहानगरपालिकाका मेयर तथा नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई लगायतले पुरस्कृत गरेका थिए ।

सूर्य नेपाल गल्फ टुर २०१९-२० अन्तर्गत दोस्रो प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख रुपैयाँ रहेको छ । सूर्य नेपाल प्रालिको प्रायोजन तथा नेपाल व्यावसायिक गल्फर संघको आयोजनामा हुने प्रतियोगितामा शुक्रबार हुने प्रो-एम इभेन्टमा व्यावसायिक खेलाडीले एमेच्योर खेलाडीसँग टोली गठन गरेर प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम दिनको तस्बिरहरु हेर्नुहोस :

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.