default_image

9 years ago

July 9, 2016

बक्सिङ सघंको एक वर्षिय कार्ययोजना सार्बजनिक

195 views

0 Bookmark

काठमाडौँ, २५ असार । नेपाल बक्सिङ्ग संघको नयाँ कार्यसमितिले बक्सिङ्गको बार्षिक क्यालेन्डर बार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ ।

Boxing Association Ram Awale

काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन गरि एक बर्षका लागि दश वटा कार्ययोजना सार्वजनीक ग¥यो । बक्सिङ्गलाई विद्यालयस्तरमा लैजाने योजना बनाएको कार्य समितिले विभिन्न राष्ट्रिय प्रतियोगितालाई कार्य तालिकामा समावेश गरेको छ ।

कार्यतालिका अनुसार श्रावणको अन्तिम साता काठमाण्डौमा राष्ट्रिय एवं नेभिस बक्सिङ्ग प्रतियोगिता  गरीनेछ । फाल्गुनमा राष्ट्रिय प्रतियोगिता र च्याम्पियनसिप तथा जुनियर बक्सिङ्ग प्रतियोगिता हुने कार्यतालिकामा उल्लेख छ । कार्यतालिका अनुसार मङ्सिर १४ देखि १९ सम्म खेलाडीको स्तर निर्धारण गर्ने ¥याङकिङ प्रतियोगिता झापामा हुनेछ । गत जेष्ठ २२ गते चौथो साधारण सभाले राम अवाले नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो । अवाले नेतृत्व नयाँ कार्यसमितिले यस वर्ष बक्सिङ खेललाई विकेन्द्रित गर्ने खालको कार्यतालिका ल्याएको छ । अध्यक्ष अवाले आफै पनि प्रथम दक्षिण एशियाली खेलमा बक्सिङको तर्फबाट रजत बिजेता खेलाडि हुन् ।

त्यस्तै कार्यतालिका अनुसार यही असार २८ र २९ गते रेफ्री जर्ज रिफ्रेसमेन्ट कोर्स हेटाँैंडामा हुनेछ जसमा देशभरिका ४० रेफ्री तथा जजले तालिम लिनेछन् । असोज र कात्तिकमा यू–१६ र यू–१७ वर्ष उमेरका खेलाडी सम्मिलित युथ च्याम्पियनसिप पोखरामा हुनेछ । त्यस्तै पुस÷माघमा जिल्ला क्षेत्र तथा राष्ट्रियस्तरबाट प्रशिक्षकलाई तालिम दिन ‘कोच रिफ्रेसमेन्ट टे«निङ’ फागुनमा हुनेछ । चैतमा सिनियर बक्सिङ खेलाडीका लागि रेफ्री जर्ज कोर्स दिइनेछ जसबाट सङ्घले नयाँ रेफ्री उत्पादन हुने आशा राखेको छ ।

आगामी २०७४ वैशाख र जेठमा बक्सिङ खेल विद्यालयस्तरबाटै विकास गर्ने योजना अनुरुप सो क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिने कार्यसमितीले जनायो । सघंका अध्यक्ष राम अवालले आगामी वर्षमा देशमा एउटा अन्र्तराष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता गर्न आफूहरुले पहल गरिरहेको जानकारी दिए । त्यसका बिच साताँैं राष्ट्रिय खेलकुद प्रतियोगितामा बक्सिङ खेल पनि हुने भएकाले यो वर्ष बक्सिङ खेल विकासले लामो फड्को मार्ने सघंले जनाएको छ ।

क्यालेण्डर सार्वजनिक कार्यक्रममा बक्सिङका अग्रज सुरेश सिंह आले,महासचिव सविन भट्टचार्य,प्रवक्ता श्याम अवालेलगायतको उपस्थिति रहेको थियो ।

फोटोः– बक्सिङको पत्रकार सम्मेलन

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.