default_image

6 years ago

February 12, 2020

सूर्य नेपाल वेस्टर्न ओपन : शिवराम अग्रतामा

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१९-२० अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन अग्रता लिएका छन् ।

पोखरास्थित हिमालयन गल्फ कोर्षमा शिवरामले १ अन्डर ६८ स्कोर जोड्दै पहिलो दिन अग्रता लिएका हुन् । उनलाई १ स्ट्रोक पछाडी रहेका धनबहादुर थापाले पछ्याएका छन् । शिवरामले फ्रन्ट नाइनमा १ अन्डर ३३ तथा ब्याक नाइनमा इभन पार ३५ स्कोर बनाए । धनबहादुरले फ्रन्ट नाइन र ब्याक नाइन दुवैमा इभन पार स्कोर लेखाए ।

संयुक्त तेस्रो  स्थानमा १ ओभर ७० स्कोरसहित धरानका तीन गल्फर शुक्रबहादुर राई, बलभद्र राई (मणि) र निरज तामाङ रहेका छन् । अघिल्लो महिना इस्टर्न ओपन जितेका बलभद्र लगातार दोस्रो उपाधिको खोजीमा छन् । इस्टर्न ओपनमा एमेच्योर उपाधि जितेका निरजले भने यस प्रतियोगितामा व्यावसायिक गल्फरका रुपमा डेब्यु गरेका छन् । उनले दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउँदा प्रो छनोट खेल्न नपाएपछि एनपीजीएले उनकै अनुरोधमा प्रो कार्ड प्रदान गरेको हो ।

भुवन कुमार रोक्का र भुवन नगरकोटी २ ओभर ७१ स्कोरसहित संयुक्त छैटौं स्थानमा छन् । रवी खड्का र जयराम श्रेष्ठ ३ ओभर ७२ स्कोरसहित संयुक्त आठौं स्थानमा रहेका छन् । दशौं स्थानमा रहेका रवी खड्काले ४ ओभर ७३ स्कोर बनाएका छन् ।

एमेच्योरतर्फ जितेन्द्र राई ५ ओभर ७४ स्कोरसहित पहिलो छन् भने उनलाई १ स्ट्रोक पछाडी रहेका सुरेश लामाले पछ्याएका छन् । कुल ४८ गल्फरको सहभागिता रहेको प्रतियोगितामा ३२ व्यावसायिक र १६ एमेच्योर गल्फर छन् । कुल ७ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् । दोस्रो स्थान हासिल गर्नेले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ५५ हजारमा चित्त बुझाउनेछन् । दुई दिनको खेलपछि शीर्ष २४ व्यावसायिक र ६ एमेच्योर खेलाडीले कट पार गर्नेछन् ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.