default_image

6 years ago

February 15, 2020

जापानका वोसुकीलाई पोखरा म्याराथन, सागमा स्वर्णधारी किरण दोस्रो

178 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता किरणसिंह बोगटीलाई पछि पार्दै जापानका ताकानासी वोसुकीले पोखरा म्याराथनको उपाधि जितेका छन् ।

पोखरामा शनिबार भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा तय गर्दै उनी च्याम्पियन बनेका हुन् । दाबेदार तथा आश गरिएका १३ औं सागका स्वर्ण विजेता किरणसिंह  दोस्रो स्थानमा समेटिए । किरणलाई १ मिनेट ५७ सेकेण्डले  पछि पार्दै ताकानासीले अरामदायी अग्रताका साथ उपाधि जितेका हुन् ।

दोस्रो भएका सशस्त्र प्रहरी बलका किरणले २ घण्टा २८ मिनेट ०८ सेकेण्डमा दौड पुरा गरे । भारतीय सेनाका अनिष थापा तेस्रो भए । उनले २ घण्टा २९ मिनेटमा दुरी तय गरे । पाँच किलोमिटर पुरुषतर्फ विनोद गुरुङ , विवेक परियार र प्रदीप भुजेल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

१० किमी पुरुषतर्फ पुर्ण बहादुर कार्की, याङ देन राई र आशिष कुवँर पहिलो, दोस्रो र तेस्रो भए । पाँच किमी महिलातर्फ बिनु बिक, प्रतिज्ञा सुवेदी र मधुरा सुवेदी पहिलो, दोस्रो र तेस्रो भए । महिला १० किमीमा इन्द्रकला नेम्वाङ, अनिता राई र विन्डी पहिलो, दोस्रो र तेस्रो भए ।

ह्विलचियर पुरुषतर्फ सुरेश गौली, भरत अधिकारी र खुम बहादुर पाण्डे पहिलो, दोस्रो र तेस्रो भए । महिलातर्फ पुनम बिक, धना मगर र लक्ष्मी सुनार पहिलो र दोस्रो भए ।

म्याराथनका विजेताले २ लाख प्राप्त गरे । त्यस्तै उनले बेलायतमा आयोजना हुने कुनै एउटा म्याराथनमा सहभागी हुन पाउने छन् । म्याराथनको दोस्रोले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला र पुरुष दुवैतर्फका १० हजार मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १०, दृष्टी विहिन पुरुष महिला विजेताले ५ हजार, ह्विल चियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.