default_image

6 years ago

February 22, 2020

टासीलाई कार्ल्सबर्ग गल्फ सिरिजको पहिलो उपाधि

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काल्सबर्ग गल्फ सिरिज अन्तर्गत पहिलो प्रतियोगिता टासी दोङले जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार स्टेबल फोर्ड थ्री बाइ फोर ह्यान्डीक्याप फर्माय्टमा भएको प्रतिस्पर्धामा ४४ अंकको सानदार नतिजामा टासीले उपाधि जिते ।

उपाधि जित्ने क्रममा दुई ह्यान्डीक्यापका टासीले एक बोगी र सात बर्डीका साथ सफलता प्राप्त गरेका थिए । दावा जे शेर्पा दोस्रो भए । उनले ३६ अंक बनाए । ग्रसतर्फ टासी छिरिङ सफल रहे । उनले उत्कृष्ट प्रदर्शन गर्दै एक इगल र छ बर्डी प्रहार गरेका थिए । यस स्पर्धामा माधव सिम्खडा दोस्रो भए।

महिलातर्फ आरति राणा पहिलो भइन् । उनीसँगै देवश्री राणाले समान २९ अंक बनाए‌पनि काउन्ट ब्याकमा आरति पहिलो भइन् । यसैगरी सिनियरमा ३६ अंक सहित तेज राई पहिलो हुँदा दिलिप रायमाझी दोस्रो भए । प्रतियोगितामा क्लोजेष्ट टु द पिनको उपाधि केसी गुरुङ, लङगेस्ट ड्राइभको उपाधि नीरभ कोइराला र मोस्ट बर्डिजको उपाधि टासि छिरिङले जिते ।

विजयी खेलाडीहरुलाई शनिबारै पुरस्कार वितरण गरिएको छ । सन् २०२० को काल्सबर्ग गल्फ सिरिजको यो पहिलो प्रतियोगिता हो । काल्सबर्ग सिरिज अन्तर्गत एक सिजनमा कुल तीन प्रतियोगिता हुनेछ । समग्रमा सबैभन्दा बढी अंक प्राप्त गर्ने खेलाडीले मुख्य उपाधि जित्नेछन् ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.