6 years ago
March 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)- हुण्डाई ओपन गल्फ प्रतियोगिता आउदो आयोजना हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता गोकर्ण गल्फ क्लबमा शुक्रबार र शनिबार दुई दिन हुने जानकारी गराएको हो । प्रतियोगितालाई नेपालको लागि हुण्डार्ई गाडीको बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले प्रायोजन गरेको छ ।

ओपन गल्फ १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ३/४ ह्यान्डीक्यापमा खेलिने छ । प्रतियोगितामा १ सय ३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । विजेता, दोस्रो र तेस्रो हुनेले आकर्षक पुरकर पाउने छ ।
बेस्ट ग्रस, महिला विजेता, ६० वर्ष माथिो विजेता, जुनिय विजेता, हुण्डाई ओनर क्याटगोरी, लङ्गेस्ट ड्राइभ, क्लोसेट टु दि पिन र मोस्ट बर्डिज पनि पुरस्कृत हुनेछ । होल इन वानको विजेतालाई हुण्डाई ग्रान्ड आइ१० (माग्ना) गाडा प्रदान गरिनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]