6 years ago
April 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडी, प्रशिक्षकले नेपाल सरकारले घोषण गरेको पुरस्कार अझै एक साता कुनुपर्ने भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यलय (कोलेनिका) को सिस्टम डाउन भएका कारण खेलाडीले रकम पाउन अझै कुर्नुपर्ने भएको बताइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयबाट अनुमोदन भइसकेर अर्थ मन्त्रालयमार्फत आवश्यक बजेट पारित भइसकेपनि अहिले कोलेनिकाको सिस्टमका कारण ढिलाई हुने जनाइएको छ ।
साग सकिएको झन्डै ५ महिना वितिसक्दा पनि खेलाडीले पुरस्कार पाएका छैनन् । साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । राखेपले पहिलो चरणमा खेलाडी तथा दोस्रो चरणमा प्रशिक्षकहरुको रकम खातामा जम्मा गर्ने यसअघि जानकारी गराएको थियो ।
राष्ट्रिय टिम तयारी समितिका निर्देशक तथा १३औ साग राष्ट्रिय टिम तयारी समितिको सचिव महेन्द्र राईले खेलाडी तथा प्रशिक्षकको नाम, खाता नम्बर र बैंक तथा शाखा नाम मिलेको अवस्थामा कोलेनिकाको सिस्टमबाट रकम प्राप्त गरिहाल्ने र बिग्रिएकाहरुको पनि हप्ता दिन भित्र पठाइसक्ने बताए । ‘हामीले सबै खेलाडी तथा प्रशिक्षकले पाउनुपर्ने रकम कोलेनिकामा पठाइसकेका छौं । सिस्टम डाउन भएकाले अहिले कुनै पनि खेलाडीले रकम पाएका छैनन् । सोमबार प्रयास गरेका थियौं । सिस्टम डाउन भएका कारण काम हुन सकेन । मंगलबार पुनः प्रयास पनि सफल भएन ।’

‘सिस्टम चलेको अवस्था र खेलाडीको सबै विवरण मिलेको अवस्थामा आधा घन्टा भित्रमा खेलाडीको खातामा रकम जम्मा भइसक्नेछ ’ राईले भने, ‘विवरण नमिलेकाहरुको पनि एक साताभित्र सच्याएर पुन कोलेनिका पठाउनेछौं । सर्भर चलेको अवस्थामा सबै खेलाडी तथा प्रशिक्षकको खातामा एक साताभित्र आफुले पाउनुपर्ने रकम जम्मा भइसक्ने छ । ढुक्क हुनुहोस् ।’
यसअघि मन्त्रालयले चैत मसान्तसम्म सबै खेलाडीको खातामा रकम जम्मा भइसक्ने बताएको थियो । राखेपले यसबीचमा खेलाडीको विवरण, बैंक खाता नम्बर संकलन गरिसकेको छ । मन्त्रालयले खेलाडीको पुरस्कारका लागि २४ करोड ७४ लाख रुपैयाँ निकाशाका लागि सिफारिस गरेको थियो । खेलाडीको खातामा मात्रै १८ करोड ३७ लाख रुपैयाँ जाने छ । बाँकी प्रशिक्षकको खातामा हाल्नुपर्नेछ । मन्त्रालयले खेलाडी, प्रशिक्षक गरेर ६२८ जनाको खातामा रकम जम्मा गर्नुपर्नेछ । जसमा ४ सय ९१ जना खेलाडी रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्पर्धाका स्वर्णपदक विजेताले ९ लाख, रजत जित्नेले ६ लाख र कास्य जित्नेले ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने घोषणा गरिएको थियो । टिम इभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई ६ लाख रजतले ४ र कास्य जित्नेले २ लाख रुपैयाँ पाउने भएका छन् । संशोधित कार्यविधिअनुसार सागमा स्वर्ण जिताउने मुख्य प्रशिक्षकले ५ लाख, रजतले ३ र कास्यले २ लाख रुपैयाँ पाउनेछन् । यस्तै, सहायक प्रशिक्षकमा स्वर्ण विजेताले ३ लाख, रजतले २ लाख र कास्यले १ लाख रुपैयाँ प्राप्त गर्ने कार्यविधिमा उल्लेख छ ।
सागमा जलपरी गौरिका सिंहले चार स्वर्ण १ रजत र १ कास्य जितेकी थिइन् । कराँतेका मन्डेकाजी श्रेष्ठले एकल र टिम कातामा स्वर्ण जितेका थिए । तेक्वान्दोकी आयशा शाक्यले दुई स्वर्ण जितेकी थिइन् । गल्फका सुवास तामाङले एकल र टिम इभेन्टस्मा स्वर्ण जित्न सफल भएका थिए । नेपालले १३औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक गरि कुल २०६ पदक जितेको थियो । यो नेपाली साग इतिहासकै सबैभन्दा धेरै पदक हो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]