default_image

8 years ago

August 5, 2016

ओलम्पिक आर्चरीमा नेपालका जितबहादुर भारतका अतनु दाससंग भिड्दै

रिओ ओलम्पिक अन्तर्गत नेपालको पहिलो सहभागिता रहेको खेल आर्चरीमा नेपालका जितबहादुर मोक्तानले भारतका अतनु दास संग ‘राउण्ड अफ ६४’मा  भिड्दै छन्। र्याँकिंग चरणमा भारतका अतनु दासले ६८३ अंक जोड्दै पाँचौ स्थान कब्जा गरे भने नेपालका जितबहादुर मोक्तानले ६०७ अंक जोड्दै ६०औं स्थानमा रहे। सो चरणमा दक्षिण कोरियाका किम वु जिनले ७०० अंक जोड्दै विश्व किर्तिमान […]

37 views

0 Bookmark

रिओ ओलम्पिक अन्तर्गत नेपालको पहिलो सहभागिता रहेको खेल आर्चरीमा नेपालका जितबहादुर मोक्तानले भारतका अतनु दास संग ‘राउण्ड अफ ६४’मा  भिड्दै छन्।

Archery

र्याँकिंग चरणमा भारतका अतनु दासले ६८३ अंक जोड्दै पाँचौ स्थान कब्जा गरे भने नेपालका जितबहादुर मोक्तानले ६०७ अंक जोड्दै ६०औं स्थानमा रहे। सो चरणमा दक्षिण कोरियाका किम वु जिनले ७०० अंक जोड्दै विश्व किर्तिमान पनि कायम गरे।

जितबहादुर र अतनुको खेल अगष्ट ९ तारिखमा नेपाली समयानुसार रातको ८:२० बजे खेलिनेछ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

Success

Thank you for your time.