default_image

6 years ago

June 7, 2020

अन्तर्राष्ट्रिय पुम्सेमा दावालाई पनि स्वर्ण

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भर्चुअल अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । गए राती भएको प्रतिस्पर्धामा मुस्कान सेवाका दावा शेर्पाले स्वर्ण पदक जितेका हुन् । दावाले कलर बेल्टमा पहिलो स्थान प्राप्त गरेका हुन् ।

च्याम्पियनसिपको तेस्रो दिन सष्मिता केसी र अर्जुन तामाङले रजत पदक जितेका छन् । माइती नेपालीकी सष्मिताले पनि कलर बेल्टमा रजत पदक जितेकी हुन् । युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा जारी प्रतियोगिताको पहिलो दिन नेपालले एक स्वर्ण र एक कास्य पदक जितेको थियो ।

च्याम्पियनसिप लक्ष्मणले ५० वर्ष मूनिको समूहमा स्वर्ण पदक जितेका थिए । त्यस्तै ४० वर्ष मूनीमा रेशमाया गुरुङले कास्य पदक जितेकी थिइन् । यो च्याम्पियनसिपमा जुममार्फत प्रत्यक्ष पुम्से प्रदर्शन गर्नुपर्ने थियो । अघिल्लो महिना भएको अनलाईन पुम्से युरोपियन च्याम्पियनसिप र विश्व च्याम्पियन्सिपमा पुम्सेको भिडियो खिचेर यूट्युब लिंक पठाएर सहभागि हुनपर्ने थियो ।

 

सो च्याम्पियनसिपमा नेपालका अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । कोरोना भाइरस कोभिड १९ का कारण पछिल्लो समय अनलाइन पुम्से प्रतियोगिता हुँदै आएरहेका छन् ।

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.