9 years ago
August 22, 2016
आज बिहान भब्य समरोह बिच ३१औँ ग्रीष्मकालीन ओलम्पिकको समापन भएको छ । २०६ देशका ११,३०३ खेलाडी प्रतिस्पर्धा गरेको प्रतियोगिता ब्राजिलमा १६ दिन सम्म चलेको थियो । ओलम्पिक २०२० आयोजना गर्ने जिम्मा यस अघिनै जापानले पाईसकेको छ । समापन समारोहमा जापानिज प्रधान मन्त्री सिन्जो चार्चित भिडियो गेम चरित्र मरिओको भेषमा उपस्थित भएका थिए ।

यसपालीको समापन समरोह १ अर्ब भन्दा धेरैले प्रतक्ष्य हेरेको अनुमान गरिएको छ । समरोहमा बोल्दै ईन्टरनेशनल ओलम्पिक कमिटिका प्रमुख थोमस ब्याचले भन्नु भयो,” यो ओलम्पिक निकै नै उत्कृष्ट ढङ्ले उत्कृस्त शहरमा निकै सफल तरिका आयोजना भयो, निकैनै चुनौतिपूर्ण घडीमा ब्राजिलले पछील्लो १६ दिनमा एक भएर आयोजना गरेको ओलम्पिकले सरा संसारलाई एक बनाएको छ, हर्ष र उमग छाएको छ ।”
रियो ओलम्पिकमा अमेरिकाले सर्वाधिक ४६ स्वर्णका साथ १२१ मेडल जितेको थियो भने ब्रीटेनले २७ स्वर्णका साथ ६७ मेडल जितेको थियो । तेस्रो स्थानमा अन्त्य गरेको चीनले २६स्वर्णका साथ ७० मेडन जितेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]