default_image

9 years ago

August 26, 2016

सरस्वती र सोनम फाइनलमा

212 views

0 Bookmark

काठमाडौ। सरस्वती राना मगर र सोनम रोका चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिता फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको महिला ५७–६० केजीमा तौल समुहको सेमिफाइनलमा सरस्वतीले दिव्या लिम्बुलाई पहिलो राउण्डमै टेक्निकल नकआउट गरिन् । त्रिभुवन आर्मी बीकी सोनमले झापाकी सोम माया लिम्बुलाई पराजित गरे ।

boxing

महिला ४६–४८ केजीतर्फको सेमिफाइनल खेलमा आर्मी एकी ललिता महर्जनले आर्मीबीकी गिता कुमारी थापा लाई अंकको आधारमा पराजित गर्दै फाईनलमा प्रवेश गरिन् । सोही तौलमै आर्मी बीकी उर्मिला लामाले उदयपुरकी दिबाका भुजेललाई पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरिन् । महिलाकै ४८–५१ केजी तौल समुहमा एपिएफ एकी माला राईले आफ्नै विभागकी सिता पाठक तथा आर्मी एकी मीनु गुरुङ्गले भक्तपुरकी निता गोसाईलाई टेक्निकल नकआउट गरीन् । ५१–५४ केजी तौलसमुहमा एपीएफकी सन्जु लामाले झापाकी दिव्या गुरुङ्गलाई टेक्निकल नकआउट गर्दै फाईनलमा प्रवेश गरिन् । सोही तौलमै आर्मी एकी विमला श्रेष्ठले नेपाल प्रहरीका निशा तामाङ्गलाई अंकको आधारमा पराजित गरीन् । महिलाको ५४–५७ केजी तौल समुहमा आर्मी एकि निरु गुरुङ्ग र एपीएफ ए की माया चौधरीले सेमीफाईनलसम्मको यात्रा तय गरे । महिला तर्फकै ६०–६४ केजी समुहमा क्रमश: त्रिभुवन आर्मी एकि बिनिता थापा मगर र पुनम रावलले विजय हासिल गरी फाईनलमा प्रवेश गरे ।

त्यस्तै पुरुष सिनियरतर्फ आर्मी एका तेज बहादुर देउवाले एपीएफएका आशिस तामाङ्गलाई र आर्मीकै प्रेम चौधरीले एपीएफबीका विक्रम परियारलाई पराजित गर्दै फाईनलमा प्रवेश गरे । जूनियर पुरुषको क्वार्टरफाईनलको ४६–४९ केजी तौलमा कन्चनपुरका भानु विष्टले पाटनका सरोज श्रेष्ठलाई हराए । सोही तौल समुहमा नक्साल एका देव तामाङ्गले बाकेका सागर थापालाई अंकको आधार, दमकका धर्मेन्द्र पखिमले चितवनका दिक्षान्त श्रेष्ठ र अल्फाका चन्द्र बहादुर थापाले सेन्ट्रल बक्सिङ्गका बिकेस बस्नेतलाई पराजित गरी क्वाटरफाईनलमा प्रवेश गरेका छन् । पुरुषको ५२ केजी तौल समुहमा मेघदुतका प्रदिप घिमिरेले बोसीगाउाका समीर महर्जनलाई पराजित गरे । डडेल्धुराका पुष्कर नाथलाई रोल्पाका राम प्रसाद पुनले पराजित गरे । नक्सालका मिङ्मा ग्याल्जेनले उदयपुरका विजय राईलाई हराए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.