9 years ago
August 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नक्साल एका मिङमा ग्याल्जेन शेर्पा र मेघदुतका प्रदिप घिमिरे चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिताअन्तर्गत ५२ केजी तौल समूहको फाइनलमा पुगेका छन् ।
मिङमाले दमकका भीम बहादुरलाई अंकका आधार र प्रदिपले रोल्पाका राम प्रसाद पुनलाई पराजित हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए ।

४६–४९ केजी तौल समुहको फाइनलमा नक्साल ए का देव तामाङ्गले अल्फाका चन्द्रबहादुर थापाको सामना गर्नुपर्ने भएको छ । देवले कन्चनपुरका भानु विष्टलाई स्पिलिट डिसिजनका आधारमा र चन्दले दमकका धर्मेन्द्र पख्रिनलाई पराजित गरेका थिए ।
५६ केजी तौल समुहमा कास्की बी का दिनेश बानिया र सुनसरीका राकेश राई फाईनलमा प्रवेश गरे । दिनेशले बक्सिङ्ग फिटनेसका अमिन राई र रोकेशले नक्साल बी का पवन भट्टराईलाई पराजित गरे ।
बानुजका कर्मा छिरिङ्ग गुरुङ्गले काठमाण्डौ युथ बक्सिङ्गका साजन गिरिलार्ई र बक्सिङ्ग फिटनेश ट्रेनिङ्ग सेन्टरका सौरभ विमलीले सेन्ट्रल बक्सिङ्ग बी का बुद्ध राज राईलाई पराजित गर्दै ६० केजी तौल समूहको फाइनलमा पुगेका छन् ।
काठमाण्डौ युथ बक्सिङ्गका प्रसान्त दाहालले अल्फाका युरेन बुढामगर तथा जावलाखेल बक्सिङ्ग क्लबका सरोज सेवाले नक्साल ए का मनिस डंगोललाई पराजित गरि ६४ केजी तौल समूहको फाइनलमा पुगेका छन् ।
६९ केजी तौलको फाइनलमा कैलालीका लक्ष्मण थापामगर र कन्चनपुरका निवास चन्द फाइनलमा पुगेका छन् । लक्ष्मणले नक्साल ए का टासी शेर्पालाई र निवास काठमाण्डौ युुथ बक्सिङ्गका राजु श्रेष्ठलाई अंकका आधारमा पराजित गरेका थिए ।
सुनसरी सन्देश लिम्बु, सुनसरी बी का सुमन लिम्बुलाई तथा काठमाण्डौ युथ बक्सिङ्ग क्लबका कमल थापाले मेघदुतका अक्तेश श्रेष्ठलाई टेक्निकल नक आउटका आधारमा पराजित गर्दै ७५ केजी तौल समूहको अन्तिम दुईमा प्रवेश गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]