9 years ago
August 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ प्रतियोगिता टिम च्याम्पियन बनेको छ । आर्मिको पुरुष र महिला दुवै टिम विजेता बनेका हुन् । पुरुष ए टिमले ६ स्वर्ण र २ कास्य पदक तथा महिला ए टिमले पनि ४ स्वर्ण र एक रजत पदक जितेको थियो । समग्रमा आर्मीले १० स्वर्ण र ३ रजत पदक जितेको छ ।

सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिषरमा आइतबार सम्पन्न प्रतियोगिताको नोभिसतर्फ काठमाण्डौ युथ बक्सिङ क्लब र नक्साल बक्सिङ संयुक्त रुपमा टिम च्याम्पियन बने । काठमाण्डौ युथ र नक्सालले समान १ स्वर्ण १ रजत र २ कास्य जित्यो ।
पुरुष सिनियरतर्फ ४९ केजीको फाइनलमा नक्साल एका सुशिल थापाले आश तामाङ लाई हराए । ५२ केजीमा आर्मीका प्रेम चौधरीले स्वर्ण पदक जिते । फाइनलमा उनले लक्ष्मण तामाङलाई हराए ।
आर्मी बी का विमर रोकाले ५६ केजीमा स्वर्ण पदक जित्नका लागि एपीएफका पुरन राई राजित गरे । ६० केजी तौलमा नेपाल प्रहरीका भुपेन्द्र थापा विजयी भए । उनले आमीृका सुरेश नेपालीलाई हराए । ६४ केजीमा आर्मीका दिपक श्रेष्ठले स्वर्ण र झापाका प्रकाश लिम्बु रजत पदक जिते ।
६९ केजीमा आर्मीका विस्नु घले प्रथम, आर्मी बी कै सन्दीप व्यान्जु दोस्रा भए । ७५ केजीको फाइनलमा आर्मीका दिपेश लामाले आर्मी बीकै केशब वमलाई हराए ।
जावलाखेलका म्याक्स बस्नेतले ८१ केजी तौल समुहको च्याम्प्यिन बने । उनले आर्मीका गोकुल गुरुङ्गलाई हराए ।
जुनियरतर्फ ४९ केजीमा नक्सालका डेविड तामाङले स्वर्ण र अल्फाका चन्द्र बहादुर थापाले रजत पदक जिते । ५२ केजी तौलतर्फ मेघदुतका प्रदिप घिमिरे विजयी भए । उनले फाइनलमा नक्साल ए का मिङ्मा ग्याल्जेन शेर्पालाई पराजित गरे । ५६ केजी तौल समुहमा सुनसरीका राकेश राई पहिलो र कास्की बी का दिनेश बानिया दोस्रा भए ।
६० केजीको फाइनलमा बानुजका कर्मा तेन्जिङ गुरुङले सौरभ विमलीलाई हराए । जावलाखेका सरोज सेवाले ६४ केजी तौलमा स्वर्ण पदक जित्दा काठमाण्डौ युथ का प्रशान्त दाहालले रजत पदक प्राप्त गरे ।
महिला ४८ केजीमा आर्मीका ललिता महर्जनले स्वर्ण पदक र एपीएफकी उर्मिला लामाले रवत पदक जितिन् । ५१ केजीमा आर्मीकी मीनु गुरुङले स्वर्ण पदक जितिन् । त्यसमा माला राईले रजत पदक जितिन् । ५४ केजीको फाइनलमा विमला श्रेष्ठले सन्जु लामालाई हराइन् । ५७ केजीमा निरु गुरुङ पहिला र माया चौधरी दोस्रा भइन् । सरस्वती रानामगरले ६० केजी तौल समुहको स्वर्ण पदक जित्नका लागिसोनम रोकालाई हराइन् ।
समापन अवसरमा स्वर्गीय लक्ष्मण शम्शेर थापाकी पत्नी नैना राजेश्वरी थापा ,स्वर्गीय पुष्कर ध्वज शाही की पत्नी हनी शाही र बक्सिङका पूर्व ओलम्पियनहरुलाई सम्मान गरिएको थियो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव केशव कुमार विष्ट,एकिकृत नेकपा माओवादी केन्द्रका खेलकुद इन्चार्ज लिला बहादुर थापा र नेपाल बक्सिङ अध्यक्ष राम अवाले लगायतले पुरस्कृत गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]