9 years ago
September 3, 2016
लामाचौर – साविक विजेता न्यु डायमन्ड एकेडेमी र एपिएफ क्लब लामाचौरमा भैरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छन ।

शनिबार डायमन्डले पश्चिमाञ्चलाई २५–१५, २५–१५, २५–१६ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । डायमन्डलाई फाइनलमा पु¥याउदा प्रतिभा माली, कृपा अधिकारी, कप्तान ललिता नाथ, पनमिका राईले उत्कृष्ट प्रदर्शन गरे । सेमिफाइनलमा राष्ट्रिय टोलीकी समेत स्पाइकर रहेकी प्रतिभाले २४ स्कोर लिदै टोलीलाई सहज जित निकालिन । नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको भलिबल प्रतियोगितामा विभागीय टोली एपिएफ, आर्मी, डायमन्ड, घरेलु टोली टम्स र मध्यपश्चिमको श्रीगाउँ टोलीले प्रतिस्पर्धा गरिरहेको छन ।
कप्तान ललिताले फाइनललाई लक्षित गरेर सहज रुपमा खेलेको बताइन । उनले भनिन, हामी उपाधि जित्ने लक्ष्य सहित आएको छ । सेमिफाइनल खेल जित्न कठिन थिएन । टोलीको समन्वय मिलाउँदै खेल्यौं ।
यसैगरी प्रशिक्षक राईले पनि फाइनलमा एपिएफलाई हराउँदै उपाधि जित्ने बताए । पश्चिमाञ्चलको तर्फबाट सर्वाधिक स्कोर गर्ने खेलाडी बनिन कप्तान मञ्जु गुरुड र अरुणा शाही । दुबैले समान ७ स्कोर गरेको थिए ।
यसैगरी अर्को खेलमा विभागीय टोली एपिएफले त्रिभुवन आर्मी क्लबलाई हराउँर्दै फाइनलमा डायमन्ड सँगको भेट पक्का गरेको छ । एपिएफले आर्मीलाई २५–११, २५–१७ र २५–१५ ले हराउँदै फाइनलमा पुग्यो । एपिएफकी नेविका चौधरीले सर्वाधिक १३ स्कोर गरिन ।
यसैगरी आइतबार एपिएफ र डायमन्ड फाइनलमा भिडदा तेस्रो स्थानका लागी आर्मी र पश्चिमाञ्चलको टप्स स्कुलले प्रतिस्पर्धा गर्नेछन ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]