9 years ago
September 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – चेस ओलम्पियाडको नवौं चरणको समाप्तीपछि नेपाली पुरुष टोली समूह डीको दोस्रो स्थानमा उक्लेको छ । अजरबैजानको बाकुमा जारी ४२ औं ओलम्पियाडमा नेपाली टोली सोमबार जमैकालाई २.५–१.५ ले हराएपछि तालिकाको दोस्रो स्थानमा उक्लेको हो । नेपाल दक्षिण एसियाली राष्ट्र श्रीलंका र पाकिस्तानभन्दा अंकतालिकामा माथि रहेको छ । समूह डीमा श्रीलंका आठौं र पाकिस्तान नवौं स्थानमा छ । उक्त समूहमा साइप्रस शीर्षस्थानमा रहेको छ । महिला टोलीले भने दक्षिण एसियाली छिमेकी पाकिस्तानसँग २–२ को बराबरी खेलेको छ ।

फिडे मास्टर बिलमलाल श्रेष्ठ र क्षितिज भण्डारीले आ आफ्नो खेल जितेका थिए भने केशव श्रेष्ठ बराबरीमा रोकिएका थिए । सजिन महर्जन भने डामिनो डेभीसँग पराजित भएका थिए । २०१७ रटेड फिडे मास्टर बिलमले ब्रान्डन विल्सनलाई र क्षितिजजे फिडे मास्टर मालाकु लार्नेलाई माथ दिएका थिए । केशवले वारेन इलियोटसँग अंक बाँडे ।
महिलातर्फ शान्ता थापा र अस्मिता अधिकारी विजयी भएका छन् । शान्ताले गुल मेहक र अस्मिताले जेनोयिबा वासिफलाई पराजित गरिन् । सिन्दिरा जोशी घाजाला बेगम र सुजना लोहनी नाबी उल उमीसँग हारेका थिए । नवौं चरणको समाप्तीमा महिला टोलीको ५ अंक पुगेको छ । नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनका अनुसार दसौं चरणमा नेपाली पुरुष टोलीले चाइनिज ताइपे र महिलाले लेसोथोको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]