9 years ago
September 17, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – जिपि ट्रेडिङ कन्सर्नको कनसर्नको प्रायोजनमा भएको प्रथम ओप्पल ओपन गल्फ टुर्नामन्टको उपाधि वाङ्चेन ढोन्डुपले जितेका छन् ।

गोकर्ण गल्फ क्लबो पार–७२ मा शनिबार भएको प्रतिस्पर्धात्मा दुई ह्यान्डिक्यापका वाङ्चेनले स्टेबलफोर्ड ४१ स्कोर गर्दै उपाधि जितेका हुन् । उनले उपाधिसँगै ५० हजार रुपैयाँ प्राप्त गरे । पाँच बर्डिज प्रहार गरेका उनले मस्ट बर्डिजको उपाधि पनि जिते । ३९ स्कोर गरेका कोरियन गल्फर दोस्रो भए । नोर्बु शेर्पाले बेस्ट ग्रसको उपाधि जिते । उनले ३४ ग्रस स्कोर गरेका थिए । सिनियर ६० वर्ष र त्यो भन्दा माथिको उपाधि महेश कुमार कार्कीले जिते । उनले ३६ स्कोरको प्रदर्शन गरेका थिए । ३३ स्कोर गरेका दमन बहादुर घलले सिनियरमा दोस्रो भए । ३५ स्कोर गरेकी रेखा घिमीरे महिलातर्फ विजेता रहिन् ।
३८ स्टेबल फोर्डस स्काुर गरेकी देवश्री जूनियर १७ वर्ष र सो भन्दा कम उमेर समूहमा विजयी भइन् । सोनम नोर्बु लामाले क्लोजेस्ट टु द पिन र फुङसोक लामाले लंगेस्ट ड्राइभको उपाधि जिते । जिपि ट्रेडिङ कनसर्नको त्रिवेणी ग्रुपले एक दिने प्रतियोगितामा ८० गल्फरको सहभागिता थियो । प्रतियोगिता ३÷४ ह्यान्डिक्याप फरम्याटमा भएको थियो ।
त्रिवेणी गु्रपका निर्देशकद्वय शैलेश सघांई र राशी सघांई,गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका कप्तान जोसेफ नाथन विजेता खेलाडीलाई पुरस्कृत गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]