9 years ago
September 18, 2016
काठमाडौं, (कस) । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि नैकापको न्यु डायमण्ड एकेडेमी र विभागीय टोली नेपाल प्रहरीवीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै पुरुषतर्फ हेल्प नेपाल र आर्मी बीच प्रतिस्पर्धा हुनेछ ।

प्रायः फाईनलमा भेट हुने टिम न्यु डायमण्ड एकेडेमीले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब टाइसिटको समिकरणका कारण सेमिफाइनलमा भेट भए । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भइरहेको सेमिफाइनल खेलमा न्यु डायमण्ड एकेडेमीले एपीएफ क्लवलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । त्यस्तै लामो समयका प्रतिक्षा पछि नेपाल पुलिस क्लवले पनि टप्स पश्चिमाञ्चललाई ३–० सोझो सेटमा पाखा लगाउदै फाईनलको यात्रा तय गर्यो । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यु डायमण्डले एपीएफलाई २५–२२, २५–२२ र २५–२३ को सेटमा पराजित ग¥यो । न्यु डायमण्डलाई जितमा उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभा मालीले स्पाइकबाट ३०, ब्लकमा २ र सर्भिसबाट २ अंक बटुलिन ।
त्यसैगरी पनामिका राईले स्पाइकबाट ५ महत्वपूर्ण अंक बटुलिन । एपीएफकी सरस्वती चौधरीले स्पाइकबाट १४ अंक लिइन भने उषा विष्टले स्पाइकबाट ८, ब्लकबाट २ र सभिसबाट १ अंक बटुले पनि आफ्नो टोलीलाई विजयी बनाउन सकिनन् । त्यसैगरी पुलिस क्लवले टप्स पश्चिमाञ्चललाई २७–२५, २५–२१ र २५–१६ को सोझो सेटमा पराजित ग¥यो । पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट १७ अंक बटुलिन भने चुडा खड्काले स्पाइकबाट १०, ब्लकमा २ र सर्भिसबाट २ अंक बटुलिन । टप्स पश्चिमाञ्चलकी मञ्जु गुरुङले स्पाइकबाट १७ र अरुणा शाहीले स्पाइकबाट १० र सर्भिसबाट एक अंक बटुले पनि टोलीलाई जित दिलाउन सकिनन् । त्यसैगरी पुरुषतर्फको सेमिफाइनल खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान सुरक्षित ग¥यो । चार भारतीय खेलाडि रहेको हेल्प नेपालले एपीएफलाई २५–२०, २५–१३ र २५–२१ को सोझो सेटबाट हरायो । हेल्प नेपालका लागि भारती खेलाडीद्धय शुभम् चौधरीले स्पाइकबाट १४ र ब्लकबाट ३ अंक बटुले भने सुवे सिंहले स्पाइकबाट १०, ब्लकमा ८ र सर्भिसमा ३ अंक बटुले । एपीएफका मिलन मल्लले स्पाइकबाट ७ अंक जोड्नु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
त्यसैगरी आइतबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा नेपाली सेनाले पश्चिमाञ्चललाई पराजित गरेर फाइनलमा हेल्प नेपालसंगको भेट पक्का गरेको छ । प्रतिस्पर्धात्मक पहिलो सेट २९–२७ ले जितेको सेनाले दोस्रो सेट १५–२५ ले गुमाउन पुग्यो । तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको सेनाले चौथो सेट २५–१७ ले जित्दै उपाधि नजिक पुगेको हो । आर्मीको जितमा भैरब बमले स्पाईक मार्फत १३ अंक जोड्दा नरेन्द्र गिरीले स्पाईकबाट ८ र ब्लकबाट ४ अंक जोडेका थिए । पराजित टिमबाट उत्कृष्ट प्रर्दशन गरेका घनश्याम महत्तोले स्पाईकबाट १२ अंक र ब्लकबाट ३ अंक जोडेका थिए । सोमबार तेस्रो स्थानको खेल विहान ८ बजे र १० बजे हुनेछ भने फाइनल खेल महिलाको १ बजे र पुरुषको ३ बजे हुनेछ । नेपाल भलिबल संघको वार्षिक क्यालेन्डर अनुसार भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेताले ट्रफीसहित नगद १ लाख २५ हजार रुपैयाँ जित्ने छन् । त्यस्तै उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]