9 years ago
September 19, 2016
काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले उपाधि जितेका छन् । महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले र विभागीय टोली नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने हेल्प नेपालले त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा हरायो ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडेमीले पुलिसलाई २५–१८, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गयो । पुलिस टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता भए पनि न्यु डायमन्डले एकपक्षीय रुपमा खेल जित्यो । डायमन्डलाई जिताउन प्रतिभा माली, ललिता नाथ र कृपा अधिकारीले उत्कृष्ट खेल खेले । प्रतिभाले स्पाइकबाट २९, ब्लकबाट २ र सर्भिसबाट ४ महत्वपूर्ण अंक बटुलिन । त्यसैगरी कप्तान ललिता नाथले स्पाइकबाट ३ र ब्लकमा २ अंक जोड्न सफल भइन् । पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट ८ र ब्लकबाट एक अंक जोडेपनि टोलीलाई जित दिलाउन सकिनन् ।
खेलपछि पत्रकारहरुसंग कुरा गर्दै न्यु डायमन्डकी कप्तान ललिता नाथले एकपक्षीय खेल भएका कारण धेरै मेहनत गर्नु नपरेको बताइन् । ‘प्रतिस्पर्धात्मक खेल हुन सकेन । त्यसैले जित्नलाई हामीले धेरै मेहनत पनि गर्नु परेन’, कप्तान नाथले भनिन् । त्यसैगरी नेपाल पुलिस क्लवकी कोपिला उप्रेतीले नयाँ र पुराना खेलाडीवीच समन्वय मिल्न नसक्दा पराजय भोग्नु परेको बताइन् । न्यु डायमन्डका प्रशिक्षक कुमार राईले आफ्नो रणनीति अनुसार खेलाडीले खेल्न नसके पनि उपाधि जितेको खुसी व्यक्त गरे ।
त्यसैगरी पुरुषतर्फको फाइनल खेलमा भारतीय खेलाडीको बाहुल्यता रहेको हेल्प नेपाल क्लवले नेपली सेनाको त्रिभुवन आर्मी क्लवलाई २५–२१, २७–२५ र २५–१७ को सोझो सेटमा हरायो । हेल्प नेपाललाई उपाधि दिलाउन शुभम् चौधरीले स्पाइकबाट २६ अंक बटुले । आर्मीका नरेन्द्र गिरीले स्पाइकबाट १६ र मानबहादुर श्रेष्ठले स्पाइकबाट ८ र ब्लकबाट २ अंक जोडे पनि टोलीलाई विजयी बनाउन सकेनन् ।
त्यसैगरी तेस्रो स्थानका लागि भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लवले टप्स पश्चिमाञ्चललाई २५–२१, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित गयो । टप्स पश्चिमाञ्चलकी मञ्जु गुरुङ र अरुणा शाही जम्न नसक्दा एपीएफले सहज विजय प्राप्त गयो ।
त्यसैगरी पुरुषतर्फको तेस्रो स्थानको खेलमा विभागीय टोली एपीएफले पश्चिमाञ्चललाई ३–२ को सेटमा हरायो । एपीएफले २५–२३, १९–२५, २५–१९, २९–३१ र १५–६ को सेटबाट हरायो ।
नेपाल भलिबल संघको वार्षिक क्यालेन्डरअनुसार भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेता न्यु डायमन्ड र हेल्प नेपालले ट्रफीसहित नगद १ लाख २५ हजार रूपैयाँ प्राप्त गरे भने उपविजेता नेपाल पुलिस क्लव र नेपाली सेनाले नगद ७०-७० हजार रूपैयाँ प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका एपीएफका महिला तथा पुरुष टोलीले ५०-५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली र पुरुषतर्फ हेल्प नेपालका शुभम् चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले १५-१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी महिलातर्फ सेटरमा न्यु डायमन्डकी कृपा अधिकारी, डिफेन्समा न्यु डायमन्डकै सलिना श्रेष्ठ घोषित भइन् भने स्पाइकरमा नेपाल पुलिसकी कोपिला उप्रेती र वेष्ट सर्भरमा टप्स पश्चिमाञ्चलकी अरुणा शाही घोषित भए ।
त्यसैगरी पुरुषतर्फ बेष्ट स्पाइकरमा नेपाली सेनाका नरेन्द्र गिरी, सेटरमा हेल्प नेपालका विकास चौधरी, ब्लकमा हेल्प नेपालकै शुभे सिंह, डिफेन्समा हेल्प नेपालका मोहन पुन र सर्भरमा सेनाका मानबहादुर श्रेष्ठ घोषित भए । विधागत रुपमा उत्कृष्ट हुने जनही ५ हजार पुरस्कार प्राप्त गरे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]