default_image

9 years ago

September 21, 2016

भलिबल खेलाडी सञ्जय र मञ्जु सम्मानित

180 views

0 Bookmark

काठमाडौं, असोज ५ गते ।
सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ । प्रतिष्ठानको तर्फबाट नयाँ शंक्ति नेपाल पार्टीको संयोजक एवम पुर्व प्रधानमन्त्री डा. बाबुराम भंटराईले सम्मान गरे । दुवैलाई दोसल्ला, सम्मान पत्र र जनही २५ हजार नगद प्रदान गरियो ।

manju-and-sanjay
सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको उप कप्तान हुन । दुबै एक दशक भन्दा अघि देखी राष्ट्रिय टोलीबाट भलिबल खेल्दै आएका छन । घरेलु भलिबलमा सञ्जय नेपाल पुलिस क्लब र मञ्जुले पश्चिमाञ्चल विकास क्षेत्रबाट खेल्ने गर्छिन । सम्मान कार्यक्रममा डा. भंटराईले नेपाल खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महशुस भएको बताए ।

‘देशले सोचे अनुसार प्रगति गर्न नसकेको बेला हाम्रा खेलाडीले जनतालाई खुसी दिएको छन । राजनिति मतभिन्नताले देश अप्ठयारो परेको बेला नेपाली खेलाडीले जनतालाई एकता, राष्ट्रियता र सहकार्यका लागी सन्देश दिएका थिए । भलिबल, मलाई मन पर्ने खेल हो । नेपालको माटो सुहाउँदो खेल हो भलिबल ।’ डा. भंटराईले थपे,‘ खेल्न सहज, गाउँघरमा त भलिबल मानिसको जीवनसँग जोडिएको हुन्छ । हामीले अनुभव गरेको कुरा हो भलिबल नेपालको लोकप्रिय खेल हो ।’

भंटराईले भने, ‘खेलाडी राष्ट्रको पहिचान हुन । उनीहरुको सफलतामा राष्ट्रले गर्व महशुस गर्छ । उनीहरुलाई सम्मान र प्रोत्साहन जस्ता कार्यक्रम हुनु जरुरी छ । सम्मान गर्ने अवसर दिएकोमा प्रतिष्ठानलाई धन्यावाद ।’
भंटराईले नेपाली खेलकुदमा थुप्रै सम्भावना भएपनि सकारात्मक रुपमा अगाडी बढे धेरै सफलता हासिल गर्न सकिने बताए । उनले थपे, ‘ म

प्रधानमन्त्री भएकोबेला खेलाडीको सफलता अनुसार सम्मान गर्नु पर्छ भनेर सम्मानको सूरुआत गरेको थिए । तर पछि त्यसले निरन्तरता पाएन । थुप्रै कमजोरी छन खेककुदमा । तर हामी आसावादी भएर अगाडी बढनु पर्छ ।’
यसैगरी प्रतिष्ठानको अध्यक्ष विश्व विजय जोशीले संस्थाले विगत देखी नै खेलाडीलाई प्रोत्साहन गदै आएको बताए ।

‘हामीले हरेक वर्ष स्व. सञ्जय मास्केको स्मृतीमा विभिन्न सामाजिक कार्यक्रम गदै आएको छौं । सामाजिक विकास, खेल र खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गरेको छौं । तर खेलाडीलाई सम्मान गर्न पाउँदा हामीलाई खुसी लाग्छ ।’ उनले भने, ‘ स्व. सञ्जय मास्के एउटा खेल प्रेमी ब्यक्ति हुनु हुन्थ्यो । त्यस कारण हामीले अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनितित्व गदै सफलता र योगदान गरेको भलिबल खेलाडीलाई सम्मान गर्ने योजना अनुसार आज सञ्जय अर्याल र मञ्जु गुरुङलाई सम्मान गरेको हौं । सम्मानले उहाँहरुको खेल करियरमा थप उर्जा थप्ने हामीले विश्वास लिएको छौं ।’

जोशीले थपे, ‘सामाजिक काम सँग हामीले खेलकुदलाई मुख्य क्षेत्र बनाएर काम गरेको छौं । नेपाली खेलाडीमा थुप्रै सम्भावना छन । तर उनीहरुलाई हौसला र प्रोत्साहन आवश्यक छ ।’

सम्मानित खेलाडी सञ्जय अर्यालले नेपालमा राष्ट्रिय स्तरको खेलाडी भएर जीवन यापन गर्न कठिन अवस्था रहेको बताए । उनले भने, ‘भन्दा हामीलाई दुख लाग्छ । नेपालमा विभागीय क्लब नभएको भए नेपालको खेलकुदको स्तर कहाँ पुग्थ्यौं । खेलाडीले मैदानमा जति मेहनत गर्छन संघका पदाधिकारीले सक्रिय भएर काम गरेको भए खेलाडीको थुप्रै समस्या समाधान हुने थिए ।’

प्रतिष्ठानकी संरक्षक निरोज मास्केले भविष्यमा पनि खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताइन । उनले भनिन, ‘हामीले दुइ वर्ष अघि दुइ खेलाडी सम्मान गरेको थियौं । भलिबलको राष्ट्रिय स्तरको प्रतियोगिता धेरै हुन्छन । तर खेलाडीलाई सम्मान र हौसला दिने कार्यक्रमको अभाव छ । म संघको उपाध्यक्ष भएर पनि त्यस्तो कामको सुरुआत गर्न सकेको छैन । तर प्रतिष्ठानबाट हामीले खेलाडीलाई सम्मान गर्ने प्रयास गरेको छौं ।’

दुई वर्ष अघि प्रतिष्ठानले राष्ट्रिय भलिबल टोलीका कप्तान इम राना र महिला टोलीकी पुर्व कप्तान निता शाहलाई सम्मान गरेको थियो । बुधबार सम्मानित भएकी मञ्जु गुरुङले भविष्यमा थप मेहनत र उपलब्धी हासिल गर्ने हौसला मिलेको बताइन । उनले भनिन, ‘सम्मान गरेकोमा प्रतिष्ठान परिवारलाई धन्यावाद । खेलाडीलाई यस्ता सम्मानले हौसला थप्छन । र खेलमा थप मेहनत गर्न प्रेरणा मिल्छ ।’

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.