default_image

5 years ago

January 8, 2021

को बन्ला वर्षको उत्कृष्ट पुरुष खेलाडी?

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेताद्वय करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुबास तामाङसहित ५ खेलाडी पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका छन् ।

यस्तै वर्ष पुरुष खेलाडीको मनोनयमा एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथु मनोनयनमा परेका छन् । यि पाँच मध्येबाट अवार्डको दिन एक जना विजेता घोषणा गरिनेछ । मनोनयनमा परेका मन्देकाजी र सुवास दोहोरो स्वर्ण तथा बाँकी तीन जना सागमा एक-एक स्वर्ण जित्ने खेलाडी हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शन तथा हात पारेको नतिजाको आधारमा मंगलबार मनोनयन सार्वजनिक गरेको हो ।

१७औं संस्करणको पल्स स्पोर्ट्स अवार्ड २८ पुसमा ललितपुरको सातदोवाटोस्थित कराते हलमा सेमि भर्चुअलमार्फत हुनेछ । मञ्चले यसअघि नै पिपल्स च्वाइस अवार्ड विधाको लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ ।

पिपल्स च्वाइसको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट इ–सेवा मार्फत एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका सदस्य र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ ।

पारा, स्पेशल, लाइफटाइम एचिभमेन्ट, टिम अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान कार्यक्रमकै दिन घोषणा गरिनेछ । यस बर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रुपमा प्रदान गर्दैछौं ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस बिधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य बिधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा हुने कार्यक्रमको अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ नेपाल, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटि रहेका छन् ।

वर्ष पुरुष खेलाडी मनोनयन

विकेश कुथु (फुटबल)

– १३औं सागमा फुटबलको टिम स्वर्ण
– आठौं राष्ट्रियमा आर्मी क्लबबाट स्वर्ण
– ए डिभिजन लिगमा दोस्रो
– विशाल गोल्डकप च्याम्पियन

गोपीचन्द्र पार्की (एथलेटिक्स)

– १३औं सागमा ५ हजार मिटर दौडमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण, १० किमि दौडमा कांस्य
– गणेशमान सिंह ओपन रोड रेसमा प्रथम
– चितवन नेसनल १५ किमि ओपन रोड रेसमा प्रथम

कमल श्रेष्ठ (तेक्वान्दो, पुम्से )

– १३औं सागमा एक स्वर्ण (एकल), एक कास्य (टिम)

– आठौं बृहत राष्ट्रिय खेलकुदमा तीन स्वर्ण
– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा दुई स्वर्ण

मन्देकाजी श्रेष्ठ (कराते)

– १३औं सागमा दुई स्वर्ण पदक (टिम काता र एकल)
– आठौं राष्ट्रिय खेलकुद, स्वर्ण पदक (एकल काता) र रजत (टिम काता)
– बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कांस्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता)

सुवास तामाङ (गल्फ)

– १३ औं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण (व्यक्तिगत र समूह)
– पहिलो पटक नेपाललाई ऐतिहासिक स्वर्ण ।
– आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मीबाट, सुवास तामाङ, राहुल बिक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन, सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

Success

Thank you for your time.