default_image

3 hours ago

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

646 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ।

क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।
१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो ।

रुबेन ट्रम्पलम्यानले पाँचौं बलमा २ रन बनाएका मार्टिन गप्टिलको विकेट लिए । जेजे स्मिथले क्याच लिए। सोही ओभरको अन्तिम बलमा ट्रम्पलम्यानले लोकेश बमलाई एलबिडब्लु आउट पारे ।

शेर मल्लले दोस्रो ओभरको दोस्रो बलमा फाफ डु प्लेसिसलाई बोल्ड गरे।  विराटनगरले ८ बलमा ३ विकेट गुमाएको थियो। क्वालिफायर वानमा पनि विराटनगरले ७ बलमा ३ विकेट गुमाएको थियो।

विराटनगरले‌ पावर प्लेमा ३ विकेट गुमाउँदै २८ रन मात्र बनाउन सक्यो। ६.३ ओभरमा तिलक भण्डारीले ७ रन जोडेका शंकर रानालाई बोल्ड गरे।

१० ओभरमा साम हेजलेट ३४ रनमा आउट भए । जेजे स्मिथको बलमा दुर्गेश गुप्ताले हेजलेटको क्याच लिए। लुम्बिनीले १० ओभरमा ५ विकेटको क्षतिमा ५८ रन मात्र बनाएको थियो।

११.५ मा ३ रन बनाएका बसिर अहमद तिलकको बलमा ट्रम्पलम्यानबाट क्याच भए। १२.५ ओभरमा सन्दीप लामिछाने ३ रन बनाएर आउट भए। अभिषेश गौतमको बलमा सन्दीपलाई सन्दीप जोराले क्याच लिए‌ ।

१४.२ बलमा अभिषेशको बलमा १७ रन बनाएका मर्चेन्ट डि लाङ्गेलाई विकेटकिपर निरोशन डेक्वेलाले स्टम्प आउट गरे। १५.५ ओभरमा तिलकको २ प्रतिश जिसी डार्सी सटद्वारा क्याच भए ।

१७.५ ओभरमा जेजेले अन्तिम विकेटका रुपमा नरेन भट्टको विकेट लिए। नरेनले टोलीका लागि दोस्रो ठूलो स्कोर २१ रन बनाए। बलिङमा लुम्बिनीका तिलकले ३ ,ट्रम्पलम्यान, जेजे, अभिषेेशले समान २ र शेर १ विकेट लिए।

कीर्तिपुरस्थित टियु रंगशालामा त्यसअघि विराटनगरले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। तर लुम्बिनीले ठूलो स्कोर बनाउन सकेन ।

पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो।

लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको थियो । दिनेश अधिकारीलाई दोस्रो ओभरको अन्तिम बलमा सन्तोष भण्डारीले आउट गरे। साम हेजलेटले क्याच लिए।

लुम्बिनीले पावर प्लेमा १ विकेटको क्षतिमा ४४ रन बनायो। लुम्बिनीले १० ओभरमा १ विकेटको नोक्सानीमा ६९ रन जोड्यो। सन्तोषले ११.२ ओभरमा कप्तान रोहित पौडेललाई बोल्ड गरे। ३० बल खेलेका रोहितले समान २ छक्का र चौकासहित ३४ रन बनाए ।

रोहित र डार्सीले दोस्रो विकेटको लागि ६९ को साझेदारी गरे। त्यसपछि ठूलो साझेदारी बन्न सकेन । सन्तोषको बलमा ११.५ मा ४१ रनमा डार्सीले जीवनदान पाए। प्रतिश जिसीले म्याच छुटाए।

सन्तोषले १३.५ ओभरमा ४५ रन बनाएका डार्सीको विकेट लिए। डार्सीले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। मार्टिन गप्टिलले उनको क्याच लिएका हुन्।
सन्दीपको बलमा १४.५ मा सन्दीप जोराको मर्चेन्ट डि लाङ्गेले क्याच लिए।

१५.३ मा जेजे स्मिथ प्रतिशको बलमा बसिरबाट क्याच भए । सोही ओभरको अन्तिम बलमा १ रन जोडेका दीलिप नाथको क्याच लाङ्गेले लिए। सन्दीप र जेजेले रनको खाता पनि खोल्न सकेनन्।

१७.५ ओभरमा सन्दीपको बलमा २९ रन बनाएका निरोशन डिकवेला हेजलेटबाट समातिए । १९.५ ओभरमा ७ रन बनाएका शेर मल्ल प्रतिशको बलमा लाङ्गेबाट समातिए। सन्तोष र प्रतिशले समान ३ र सन्दीपले समान २ विकेट लिए।

लुम्बिनीले शनिवार सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्ने छ। सुदूरपश्चिमले लगातार दोस्रो र लुम्बिनीले पहिलो पटक फाइनल खेल्नेछ।

विराटनगर क्वालिफायर वानमा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएपछि क्वालिफायर टुमा खेल्नु परेको हो।
हिजो एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै क्वालिफायर टुमा स्थान पक्का गरेको हो।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.