default_image

5 years ago

January 10, 2021

वर्षको उत्कृष्ट युवा खेलाडी को बन्ला?

304 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका ५ खेलाडीको नाम सार्वजनिक भएको छ ।

वर्ष युवा खेलाडीको मनोनयनमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी गल्फका सुवास तामाङसँगै तेक्वान्दोका भुपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सन्जु चौधरी र तेक्वान्दोकी सिना मादेन लिम्वु मनोनयमा परेका छन् । यि पाँच जनामध्येबाट एक जना विजेता हुनेछ । तामाङले सागमा एक र टिममा गरी दुई स्वर्ण जितेका थिए । अन्य खेलाडीले कीर्तिमानसहित समान १ स्वर्ण जित्न सफल भएका थिए ।

नेपाल खेलकुद पत्रकार मञ्चका सचिव गोविन्द रेग्मी संयोजक रहेको ११ सदस्यीय खेलाडी छनोट समितिले २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शन तथा हात पारेको नतिजाको आधारमा मंगलबार मनोनयन सार्वजनिक गरेको हो ।

१७औं संस्करणको पल्स स्पोर्ट्स अवार्ड २८ पुसमा ललितपुरको सातदोवाटोस्थित कराते हलमा सेमि भर्चुअलमार्फत हुनेछ । मञ्चले यसअघि नै पिपल्स च्वाइस अवार्ड विधाको लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट इ–सेवा मार्फत एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका सदस्य र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ । पारा, स्पेशल, लाइफटाइम एचिभमेन्ट, टिम अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

यस बर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रुपमा प्रदान गर्दैछौं । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस बिधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य बिधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा हुने कार्यक्रमको अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ नेपाल, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटि रहेका छन् ।

वर्ष युवा खेलाडी मनोनयन:

भूपेन श्रेष्ठ (तेक्वान्दो)

– १३औं सागमा स्वर्ण पदक
– आठौं बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण
– हैदराबादमा आयोजित दोस्रो इन्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य

पूनम श्रेष्ठ (जुडो)

– १३औं सागमा स्वर्ण
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण
– राजविराजमा सम्पन्न छैटौं नेसनल ओपन जुडो च्याम्पियनसिपमा स्वर्ण

सञ्जु चौधरी (भारोत्तोलन)

– १३औं सागमा स्वर्ण (राष्ट्रिय कीर्तिमान)
– सुनीललाल मेमोरियलमा स्वर्णसहित उत्कृष्ट खेलाडी
– चीनमा भएको एसियन च्याम्पियनसिप र टोकियो ओलम्पिक छनोट खेलमा प्रतिस्पर्धा

सिना लिम्बु मादेन (तेक्वान्दो)

– १३औं राष्ट्रिय खेलकुदमा १ स्वर्ण, १ कांस्य
– आठौं राष्ट्रिय खेलकुदमा १ स्वर्ण, १ रजत, १ कांस्य
– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा १ स्वर्ण, १ रजत, १ कांस्य

सुवास तामाङ (गल्फ)

– साग दुई स्वर्ण (व्यक्तिगत र समूह)
– आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मी टिम–सुवास तामाङ, राहुल बिक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट ०७६ मा च्याम्पियन ।
– सूर्य नेपाल प्रिमियरमा समग्र च्याम्पियन ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

Success

Thank you for your time.