5 years ago
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित भएका छन् ।

मञ्चले गत वर्ष गरेको प्रदर्शनको आधारमा उनीहरुलाई स्पेशल अवार्ड प्रदान गरेको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन् । यस्तै उनले आठौं बृहत राष्ट्रिय खेलकुदमा कास्य जितेकी थिइन् ।
यस्तै सन्तोषीले १३औं सागमा १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई १ मिलिसेकेन्डले पछि पार्दै स्वर्ण जितेकी थिइन् । साग इतिहासमा एथलेटिक्सबाट स्वर्ण पदक जित्ने सन्तोषी पहिलो नेपाली हुन् ।
सन्तोषीले आठौं खेलकुदमा ५ हजारमा स्वर्ण, १५ सयमा रजत र १० हजार मिटरमा कास्य जितेकी थिइन् । वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण र नेवा च्यारिटी धरान १० किमि रनमा स्वर्ण र कान्तिपुर हाफ म्याराथनमा रजत जितेकी थिइन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]