default_image

5 years ago

January 12, 2021

सुवास वर्षको उत्कृष्ट युवा खेलाडी घोषित

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागका दोहोरो स्वर्णपदक विजेता सुवास तामाङ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

सुवासले तेक्वान्दोका भुपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सन्जु चौधरी र तेक्वान्दोकी सिना मादेन लिम्बुलाई पछि पार्दै वर्ष युवा खेलाडी बन्न सफल भएका हुन् ।

तामाङले सागमा एक र टिममा गरी दुई स्वर्ण जितेका थिए । अन्य खेलाडीले कीर्तिमानसहित समान १ स्वर्ण जित्न सफल भएका थिए । उनले ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।
सुवासले सागमा व्यक्तिगत र टिममा स्वर्ण जितेका थिए ।

यस्तै आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मी टिम–सुवास तामाङ, राहुल बिक र निश्चयजंग रायमाझी) मिलेर स्वर्ण जित्दा फाल्डो सिरिज छनोट ०७६ मा च्याम्पिय र सूर्य नेपाल प्रिमियरमा समग्र च्याम्पियन बनेका थिए ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

Success

Thank you for your time.