9 years ago
October 21, 2016
काठमाडौ (हाम्रो खेलकुद)– तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आइपुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आएका डब्लुटिएफ अध्यक्ष डा.चो लगायत टोलीको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । चो लगायत टोलीलाई नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकाश सम्सेर राणा,उपाध्यक्ष हरिश्वर पोख्रेल,महासचिव दिपराज गुरुङ,केन्द्रिय सदस्य,विभिन्न डोजाङ प्रमुख र खेलाडीहरुले फुलमाला लगायतले भब्य स्वागत गरे ।
त्यस्तै भ्रमणको दौरानमा उनले तेक्वान्दोका विभिन्न गतिविधिकाबारेमा अध्ययन गर्नेछन् । अध्यक्ष डा.चोले त्यसबिच भगवान गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनी र स्वंयम्भुनाथको दर्शन एवम् भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । डा.चोलाई नेपाल तेक्वान्दो सघंले विश्वमा तेक्वान्दो खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै विशेष अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । डा.चोले नेपालमा रहेको बेला बरिष्ठ राजनैतिक ब्यक्तित्व र सरकारको उच्च ओहदाका पदाधिकारीहरूसंग शिष्टचार भेटघाट गर्ने कार्यक्रम रहेको सघंले जनाएको छ । दोस्रो पटक नेपाल भ्रमणमा आएका अध्यक्ष डा. चो कात्तिक ९ गतेसम्म नेपालमा रहनेछन् । गत वर्षको माघमा भूकम्पबाट प्रभावित क्षेत्रका लागि डब्लुटिएफको तेक्वान्दो ह्युमेनीटेरिन फाउन्डेसन अन्र्तगत राहत कार्यक्रमका लागि उनी नेपाल आएका थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]