default_image

3 years ago

May 2, 2021

म्यानचेस्टर र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा मर्सिसाईड क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल ओल्डट्राफोर्डमा नेपाली समयअनुसार राति ९ः१५ बजेपछि शुरु हुनेछ । यो खेल म्यानचेस्टर युनाइटेड र लिभरपुलको लागि मात्र नभई शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको लागि पनि निकै महत्वपुर्ण रहेको छ । यस खेलमा म्यानचेस्टरले जित हात पारे सिटीको यो […]

50 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा मर्सिसाईड क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल ओल्डट्राफोर्डमा नेपाली समयअनुसार राति ९ः१५ बजेपछि शुरु हुनेछ ।

यो खेल म्यानचेस्टर युनाइटेड र लिभरपुलको लागि मात्र नभई शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको लागि पनि निकै महत्वपुर्ण रहेको छ । यस खेलमा म्यानचेस्टरले जित हात पारे सिटीको यो सिजनको प्रिमियर लिगको उपाधि चार खेल बाँकी छदै जित्नेछ । बराबरीले पनि सिटीले च्याम्पियन बन्न अर्काे खेल कुर्नुपर्ने हुन्छ । लिभरपुललाई पनि शीर्ष चारको यात्रालाई जीवितै राख्न वा अर्काे सिजनको युरोपा लिगमा सोझै छनोट हुने सम्भावना बलियो बनाउन जित निकाल्नै पर्ने हुन्छ ।

म्यानचेस्टर लिभरपुललाई हराउँदै शीर्षस्थानको सिटीसँगको अंक दुरी छोट्याउँदै सिटीको उपाधि यात्रालाई लम्ब्याउन चहान्छ । टोलीसँग मासन ग्रीनवुड, ब्रुनो फर्नान्डेस, पल पोग्वा, मार्कुस रासफोर्ड, स्कट म्याकटोमिने, फ्रेड, लुका सा, ह्यारी मगाएर, भिक्टर लिन्डेलफ, आरोन वान विशाखा र गोलरक्षक डिन हेन्डरसन रहेका छन् ।

यता, लिभरपुल पनि म्यानचेस्टरलाई हराउँदै शीर्ष चारमा पर्ने सम्भावना बलियो बनाउन चहान्छ । छैटौ स्थानमा रहेको लिभरपुल शीर्षचारको चेल्सीभन्दा ७ अंकले पछि छ । लिभरपुलको अग्रपङ्तिका मोहम्मद सलाह, साडियो माने र रोबर्टाे फिर्मिनोको जोडी यो सिजन खासै जम्न सकेको छैन ।

लिभरपुलले अग्रपङ्तिमा यि तीनसँगै डिएगो जोटाबाट फिनिसिङको अपेक्षा गरेको छ । जेम्स मिल्न, जर्जिन्हो वाइनाल्डम, थियागो अलकान्तरा,एन्ड्रिउ रोबर्टसन, फाविन्हो, कावक, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकर टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो २९ खेलको नतिजामा १३ खेल म्यानचेस्टर युनाइटेडले आफ्नो पक्षमा पार्दा ८ खेल लिभरपुलको जित्दा ८ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक युनाइटेडले गत जनवरीमा एफए कपमा लिभरपुललाई ३–२ ले पराजित गरेको थियो ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

Success

Thank you for your time.