default_image

5 years ago

May 27, 2021

राष्ट्रिय टोलीमा सँगै खेलेका पाँच नेपाली दाजुभाई

657 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीको सबैभन्दा ठूलो सपना हुने गर्दछ । देशको जर्सी लगाएर एक साथ मैदान उत्रने अवसर सहोदर दाजुभाइले बिरलै पाउँछन् । घरपरिवारको साथ र सहयोगमा खेलाडीको सफलता र असफलतामा प्रभाव पार्दछ ।

दाईको काम वा खेलको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव भाईलाई पनि पर्छ । दाईको सपना पनि भाईलाई आफूभन्दा राम्रो बनाउने हुन्छ । आफूले खेलेको खेल होस् वा अन्य कुनै काममा । दाजुभाई एउटै खेल खेल्दा दुवैलाई सहज हुनुको साथै सफलताको शिखर चुम्न सहज हुन सक्छ ।

खेलकुद सामग्री प्रयोग, कमजोरी औलाउन देखि हौसला प्रदान गर्नसम्म धेरै कुरामा फाइदा हुन्छ । विश्व खेलकुदमा एउटै देशबाटसँगै खेल्ने थुप्रै स्टार दाजुभाईहरु छन् । त्यस्तै नेपाली खेलकुदमा राष्ट्रिय टोलीबाटसँगै खेलेका पाँच दाजुभाई बारे छोटकरीमा जानकारी ।

आरिफ र आसिफ शेख

दाजु आसिफ (बायाँ) र भाइ आरिफ इपिएलका दौरान 

नेपाली क्रिकेटका ब्याट्सम्यान आरिफ र आशिफ शेख ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । दाई आरिफ मध्यक्रम र भाई आसिफले ओपनिङमा ब्याटिङ गर्दछन् । आरिफले मिडियम पेश बलिङ र आसिफ विकेटकिपरको भूमिका निर्वाह गर्दछन् । वैशाख पहिलो साता घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक सिरिज शेख दाजुभाईलेसँगै खेलेका थिए । पहिलो खेलमा नेपालले आसिफलाई नेदरल्यान्ड्सविरुद्ध टि२० आईमा डेब्यू दिँदा र आरिफ पनि प्लेइङ ११ मा थिए ।

नेपाललाई ९ विकेटको सहज जित दिलाउन आसिफले डेब्यू खेलमा ५४ रनको अविजित इनिङ खेल्दै धेरैको ध्यान केन्द्रित गरे । आरिफले भने ब्याटिङको अवसर पाएनन् । त्यसपछि आरिफ टोलीमा परेनन् । यसअघि शेख दाजुभाई २०१७ मा बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कपमा हङकङविरुद्ध पनिसँगै खेलि सकेका थिए । उक्त खेलमा पनि आरिफले ब्याटिङ गर्न पाएनन् । वीरगञ्जको मुरली चोक हुँदै यी दुईभाई घरेलु प्रतियोगिता र लिग प्राय विपरित टोलीबाट खेल्दै आएका छन् । आरिफ नेपाल पुलिस र आशिफ नेपाल एपिएफ क्लबमा आबद्ध छन् ।

हरिहजुर र द्वारिका थापा

दाजु हरिहजुर (बायाँ) र भाइ द्वारिका १३ औं सागको उद्घाटन समारोहमा

हरिहजुर थापा र द्धारिका थापा नेपाली भलिबलका चर्चित हुन् । सेटर हरिहजुर दाई र मिडिल ब्लकर द्धारिका भाई हुन् । ओखलढुङ्गामा जन्मिएका यी दुई दाजुभाईले घरेलु भलिबलमा लगातार आफ्नो प्रभाव जमाउँदै आएका छन् । हरि त्रिभुवन आमी क्लबबाट प्रतिनिधित्व गर्नुको साथै नेतृत्व गर्दै आएका छन् । द्धारिका नेपाल पुलिस क्लबका प्रमुख खेलाडी हुन् ।

गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलमा थापा दाजुभाई नेपाली भलिबल टोलीबाटसँगै खेलेका थिए । राष्ट्रिय टोलीबाटसँगै थापा दाजुभाईले खेलेको यो मात्र एक प्रतियोगिता हो । १३ साग पछि कोरोना महामारीको कारण भलिबलको अन्तर्राष्ट्रिय खेल हुन सकेको छैन । घरेलु भलिबलमा यी दाजुभाई एकअर्काविरुद्ध कोर्टमा उत्रने गर्दछन् ।

रञ्जित र विजय धिमाल

भाइ रञ्‍जित (बायाँ) र दाजु विजय रुस्लान थ्री स्टारबाट विराट गोल्डकप उपाधिसँगै

नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार डिफेन्डर रञ्जित र विजय धिमाल घरेलु प्रतियोगिता प्रायः एकै टोलीबाट खेल्ने गर्दछन् । मोरङका यी दुई दाजुभाईले २०१६ मा मलेसियासँग भएको मैत्रीपूर्ण खेलमा सँगै टोलीमा परेका थिए । रञ्जित नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन् । नेपाली फुटबलमा लगातार खेल्दै महत्वपूर्ण योगदान दिँदै आएका छन् । विजय भने सँगै खेलेको खेलपछि टोलीमा पर्न संघर्षरत छन् ।

घरेलु प्रतियोगितामा यी दाजुभाई प्रायः सँगै खेल्ने गर्दछन् । यी दुई दाजुभाईले २०७१ देखि ७५ सम्म रुस्लान थ्री स्टार क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । २०७६ देखि भने दुवै मछिन्द्रबाट खेल्दै आएका छन् । नेपाल सुपर लिगमा पनि यी दाजुभाईले विराटनगरबाट खेलेका थिए ।

अञ्जन र रञ्जन विष्ट

भाइ अन्जन (बायाँ) र रन्जन सोलिडारिटी कप उपाधिसँगै

मिडफिल्डर अञ्जन र फरवार्ड रञ्जन विष्ट नेपाली फुटबलका चर्चित नाम र दाजुभाई जोडी हुन् । यी दाजुभाईले घरेलु र राष्ट्रिय टोलीबाट खेल्दै आफ्नो प्रभाव जमाउँदै आएका छन् । नेपाली फुटबलले पछिल्लो समय प्राप्त गरेका महत्वपूर्ण सफलतामा यी दाजुभाईको योगदान पनि महत्वपूर्ण छ ।

नेपालले पछिल्लो समय बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी र १२ औं साग जित्दा विष्ट दाजुभाई नेपाली टोलीको महत्वपूर्ण सदस्य थिए । घरेलु फुटबलमा विष्ट दाजुभाई एकै क्लब र टोलीमा देखिने गर्दछन् । एपिएफ र मनाङ मस्याङ्दी क्लब लगायतसँगै खेलेका छन् ।

युनिल र मन्जित श्रेष्ठ

युनिल (बायाँ) र मन्जित (दायाँ) राष्ट्रिय टोलीका सहकर्मीसँग

युनिल श्रेष्ठ र मञ्जित श्रेष्ठ दाजुभाईले झण्डै दुई दशक अघिनै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाटसँगै खेलेका थिए । २००४ मा हङकङविरुद्ध युनिल दाई र मञ्जित भाईले नेपालबाटसँगै खेलेका थिए । एसिसी फास्ट ट्रयाक प्रतियोगिता २००४–०५ अन्तर्गत नेपालले हङकङमा गएर थ्रि डे प्रतियोगिता खेलेका थिए । जसलाई प्रथम श्रेणीको मान्यता दिएको थियो । परेश लोहनीले नेपालको लागि पहिलो कप्तानी गरेका थिए । उक्त खेलको पहिलो इनिङमा युनिल २ रनमा आउट हुँदा दोस्रो इनिङमा २६ रन जोडेका थिए ।

मञ्जित पहिलो इनिङमा ४ र दोस्रोमा शून्यमा आउट भएका थिए । मञ्जितले पहिलो इनिङमा ३ र दोस्रोमा एक विकेट लिएका थिए । उक्त खेलमा हङकङ ३ विकेटले विजयी भएको थियो । अलराउन्डर मन्जितले नेपालको लागि २००२ मै डेब्यू गरेका थिए । युनिल र मञ्जित दुबैले नेपालको लागि यू१९ विश्वकपमा प्रतिनिधित्व गरिसकेका छन् । युनिल पछिल्लो समय अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् । मञ्जित नेपाल पुलिस क्लबको कप्तानी गर्दै घरेलु क्रिकेट निरन्तर सक्रिय छन् ।

यो पनि पढ्नुहोस : क्रिकेटका पाँच अविश्वसनिय घटनाहरु

फुटबल र क्रिकेट दुवै खेलेका ५ स्टार खेलाडी

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.