default_image

5 years ago

June 18, 2020

फुटबल र क्रिकेट दुवै खेलेका ५ स्टार खेलाडी

351 views

0 Bookmark

एजेन्सी — फुटबल र क्रिकेट विश्वका सर्वाधिक लोकप्रिय खेल हुन् । क्रिकेट भन्दा फुटबल अझ बढी लोकप्रिय मानिन्छ । फुटबल र क्रिकेट खेल्ने खेलाडीले अन्य खेलको तुलनामा धेरै नाम र दाम पाउने गर्दछन् ।

कुनै पनि खेलाडीमा एक खेलको मात्र क्षमता हुन्छ भन्ने हुँदैन । एक भन्दा बढी खेलको क्षमता र रुची भएपनि एकै पटक अघि बढाउन कठिन पर्छ । त्यसैले एक खेल रोज्नुपर्ने हुन्छ । विश्व खेलकुदमा थुप्रै स्टार खेलाडी छन् । जो एक भन्दा बढी खेल खेलेका छन् र सफल पनि भएका छन् । त्यस्तै क्रिकेटका पाँच स्टार खेलाडी जो फुटबल पनि खेलेका थिए ।

५. सर इयान बोथम (इंग्ल्यान्ड)

सर इयान बोथमलाई इंग्ल्यान्डका सर्वश्रेष्ठ क्रिकेटरको रुपमा लिइन्छ । सन् १९८० को दशकमा इंग्ल्यान्डका क्रिकेट समर्थकमा बोथम सर्वाधिक लोकप्रिय खेलाडी थिए । उनले व्यावसायिक फुटबल पनि खेलेका थिए । सन् १९८० मार्चमा स्कनथोर्प युनाइटेडबाट ब्यवसायिक फुटबल खेलेका थिए । उनले सेन्टरब्याकको भुमिका निर्वाह गर्थे ।

करिअर अगाडी बढ्द्दै जाँदा उनले ठूलो क्लबमा जानुभन्दा क्रिकेटलाई रोजे । उनले सन् १९७९ देखि १९८५ सम्म येओविल टाउन र स्कनथोर्पबाट व्यावसायिक फुटबल खेलेका थिए । नर्थन फुटबल लिग १९८४—८५ को संस्करण पनि खेलेका थिए ।

सन् १९७६ देखि १९९२ सम्म इंग्ल्यान्डको क्रिकेट टोलीबाट खेलेका बोथमले १ सय २ टेष्ट र १ सय १६ ओडिआई खेलेका छन् । विश्वका सफल अलराउन्डर मध्यका एक बोथमले टेष्टमा १४ शतक, २२ अर्ध शतक सहित ५ हजार २ सय रन बनाउँदा बलिङतर्फ ३ सय ८३ विकेट लिएका छन् ।

४. सि.बी फ्राई ( इंग्ल्यान्ड)

चार्ल्स बुर्गेस फ्राई विश्व खेलकुदमा अहिले सम्मकै सबैभन्दा बढी बहुमुखी क्षमता भएका खेलाडी मानिन्छन् । उनले फुटबल र क्रिकेटमा मात्र होइन एथ्लेटिक्स, रग्बी लगाएतका खेलमा पनि उत्कृष्ट छाप छोड्न सफल भएका थिए । उनले विश्व लङ जम्पमा ७.१७६ मिटर जम्प गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । उनले २६ टेष्ट र १ अन्तर्राष्ट्रिय फुटबल खेलेका छन् ।

फ्राईको फुटबलमा उत्कृष्ट क्षण १९०१—०२ को संस्करण एफए कप फाइनलमा साउथह्याप्टनबाट सेफिल्ड युनाइटेडविरुद्ध थियो । उनले क्रिकेटमा २६ टेष्ट खेलमा २ शतक र ७ अर्ध शतक सहित १ हजार २ सय २३ रन बनाएका छन् । खेलकुदपछि जीवन पछि उनी राजनितीमा पनि त्यतिनै सफल भए ।

३. एलिस पेरी (अष्ट्रेलिया)

अष्ट्रेलिया क्रिकेट टोलीकी स्टार अलराउन्डर एलिस पेरी फिफा र आईसिसी विश्वकप खेल्ने एक्ली महिला खेलाडी हुन् । पेरीले सन् २०११ मा फिफा महिला विश्वकप खेलेकी थिइन् । पेरीले सन् २००७ मा १६ वर्ष ९ महिनाको समयमा हङकङविरुद्ध पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेकी थिइन् । उनले २०११ को विश्वकपमा स्वीडेनविरुद्ध उत्कृष्ट गोल गरेकी थिइन् ।

पेरीले क्रिकेटमा सन् २००७ मा न्युजिल्यान्डविरुद्ध डेब्यु गरेकी थिइन् । उनले ८ टेष्ट, १ सय १२ ओडिआई र १ सय २० टि२० आई खेली सकेकी छिन् । पेरी वर्तमान समयमा विश्वकै महिला क्रिकेटकी उत्कृष्ट अलराउन्डर मानिन्छिन् ।

२. डेनिस कम्प्टन (इंग्ल्यान्ड)

डेनिस कम्प्टन इंग्ल्यान्डका एक सफल ब्याट्सम्यान हुन् । उनले फुटबल र क्रिकेट दुबैमा राम्रो प्रर्दशन गरे । उनले ब्यवसायिक फुटबल आर्सनलबाट खेलेका थिए । आर्सनल इंग्ल्यान्डको चर्चित र ठुलो क्लब हो । उनले एफए कप १९५० को उपाधि जितेका थिए । तर उनले अन्तर्राष्ट्रिय फुटबल भने खेलेनन् । उक्त समयमा दोस्रो विश्व युद्धको कारण औपचारिक अन्तर्राष्ट्रिय फुटबल खेल भएका थिएनन् ।

कम्पटनले मात्र ७८ टेष्टमा १७ शतक र २८ अर्ध शतक सहित ५ हजार ८ सय ७ रन बनाएका छन् । २५ विकेट पनि आफ्नो नाममा लेखाएका छन् । उनले प्रथम श्रेणीमा १ सय २३ शतक प्रहार गरेका छन् ।

१. सर भिभियन रिचर्ड्स (वेस्ट इन्डिज)

सर भिभियन रिचर्ड्स विश्व विश्व खेलकुद इतिहासमा क्रिकेट र फुटबल दुबैको विश्वकप खेल्ने एक्लो पुरुष खेलाडी हुन् । रिचर्ड्स वेस्ट इन्डिज क्रिकेटका एक सफल ब्याट्सम्यान हुन् । रिचर्ड्सले एन्टिगुआ एण्ड बार्बुडाबाट सन् १९७४ मा विश्वकप फुटबल खेलेका थिए । रिचर्ड्सले वेस्ट इन्डिज क्रिकेट टोलीबाट १९७४ देखि १९९१ सम्म खेले ।

आक्रामक ब्याटिङका चर्चित रिचर्ड्सनले १ सय २१ टेष्ट र १ सय ८७ ओडिआई खेल खेलेका छन् । टेष्टमा उनले २४ शतक, ४५ अर्ध शतक सहित कुल ८ हजार ५ सय ४० रन बनाएका छन् । त्यस्तै ओडिआईमा ११ शतक र ४५ अर्ध शतक सहित ६ हजार ७ सय २१ रन बनाएका छन् । टेष्टमा ३२ र ओडिआईमा १ सय १८ विकेट लिएका छन् । रिचर्ड्सले मध्यक्रममा खेल्ने ब्याट्सम्यानले पनि आक्रामक ब्याटिङ गर्दै क्रान्तिकारी परिवर्तन ल्याएका थिए ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.