default_image

5 years ago

May 16, 2021

क्रिकेटका पाँच अविश्वसनिय घटनाहरु

611 views

0 Bookmark

एजेन्सी – क्रिकेट एक रोचक र एक अविश्वसनिय खेल हो । क्रिकेटमा अन्तिम बल र विकेट बाँकी रहँदासम्म नतिजा जे पनि र जतापनि जान सक्छ । भनिन्छ क्रिकेटमा असम्भव केहि हुँदैन ।

केही नतिजा र घटना यस्ता हुन्छन्, जुन विश्वास गर्ननै निकै मुश्किल पर्छ । पछिल्लो समय सिमित ओभरका खेलले क्रिकेट झनै लोकप्रिय र रोमाञ्चक बन्दै गएको छ । विशेष त टि२० शैलीको क्रिकेटबाट । क्रिकेटका केहि नतिजा लामो समयसम्म स्मरण हुन्छन् भने केहि छोटो समयमा सिमित हुन्छन् । जुन प्रतियोगिता महत्व, प्रदर्शन र प्रतिस्पर्धामा निर्भर रहन्छ । विश्व क्रिकेटमा कहिलेकाहिँ अप्रिय र अविश्वसनिय घटना घट्नुको साथै नतिजाहरु आउँछन् । जुन कल्पना र अपेक्षा भन्दा बाहिर हुन्छ । ती घटनालाई विश्वास गर्न कठिन हुन्छ ।

सपना जस्तो लागेपनि सत्य र यर्थाथ हुन्छन् । त्यसैले त क्रिकेटको मज्जानै बेग्लै हुन्छ । विश्वका पाँच अविश्वसनिय घटनामध्य एकमा नेपाली क्रिकेट पनि सामेल छ । ती अविश्वसनिय अनौठा घटानहरुको बारे छोटकरीमा जानकारी ।

५. धोनी र डी भिलियर्सले विकेटकिपिङ सँगै बलिङ गर्नु

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी र दक्षिण अफ्रिका एवि डिभिलियर्स विश्व क्रिकेटका सफल ब्याट्सम्यान हुन् । यी दुई खेलाडीको ब्याटिङ हेर्न जो कोहीलाई आनन्द आउँछ । विश्वभर यी दुई खेलाडीका समर्थक सुभचिन्तक छन् । विश्व क्रिकेटमा विकेटकिपरले बिरलै बलिङ गर्दछन् ।

सन् २०१३ को कुरा हो । भारत तीन ओडिआई र दुई टेष्ट सिरिजको लागि दक्षिण अफ्रिका भ्रमणमा थियो । अहिले जस्तो होईन, त्यस समय दक्षिण अफ्रिका विश्वकै एक उत्कृष्ट मध्य थियो । त्यसैले उसलाई उसकै भूमिका हराउन विश्वका जुनसुकै टोलीलाई निकै मुश्किल पर्दथ्यो । तीन खेलको ओडिआई सिरिज दक्षिण अफ्रिकाले २–० ले जितेको थियो । अन्तिम खेल पूरा नहुँदा रद्द भएको थियो । दुवै खेलको जितको रन अन्तर एक सयमाथि थियो ।

दुई टेष्टको सिरिज अन्तर्गत पहिलो टेष्टको दुई दिनको ब्याटिङले ड्र (बराबरी) को संकेट दिएको थियो । पहिलो टेष्टको तेस्रो दिन एबी डिभिलियर्स आफ्नो विकेटकिपरको गल्भ्स र प्याड्स हसिम अमलालाई दिँदै ४० औं ओभरमा बलिङ गर्दै सबैलाई आश्चर्य पारेका थिए । डिभिलियर्सले मिडियम पेश बलिङ गर्दा क्रिजमा विराट कोहली र चेतेश्वर पुजारा थिए । डी भिलियर्स उक्त ओभरमा ५ रन खर्चेका थिए । त्यसपछि भने बलिङ गरेनन् ।

चौथो दिन धोनीले आश्चर्य पार्दै बलिङ गरे । चौथो दिनको खेल सकिन चार ओभर बाँकी थियो । धोनीले खेललाई निकै रोमाञ्चक बनाए । एक्कासी आफ्नो गल्भ्स र प्याड्स उतारे विराट कोहलीलाई दिँदै ४२ औं ओभरमा मिडियम पेश बलिङ गरेका थिए । क्रिजमा फाफ डु प्लेसिस र एल्भिरो पिटरसन थिए । उक्त ओभरमा दुई रन खर्चेका धोनीले ४४ औं ओभरमा पनि २ रन खर्चेका थिए । कोहलीले विकेटकिपर गर्दा धोनीले बलिङ गरेका थिए । टेष्ट इतिहासमा पहिलो पटक दुवै टोलीको विकेटकिपरले एकै खेलमा बलिङ गरेका थिए ।

४. टसको सिक्का जमिनमा गाडिनु

२०१९ जुलाई ९, मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा एसिसी यू१९ इस्टर्न रिजन प्रतियोगिता फाइनलमा नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै थियो । नेपालका कप्तान रोहित कुमार पौडेल र हङकङका आदित गोरावोरा टस गर्न क्रिजमा आए । नेपालका कप्तान रोहितले सिक्का फाले । रेफ्री हेड की टेल पर्यो भनेर मैदानमा हेर्न नपाउँदै सिक्का सिधा जमिनमा गाडिन पुग्यो ।

जुन क्रिकेट इतिहासको एक अनौठो र दुर्लभ दृश्य थियो । उक्त सिक्का गाडिन पुगेपछि रोहितले पुन टस गर्नु परेको थियो । रोहितले टस जित्दै बलिङ गर्ने निर्णय लिएका थिए । नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।

३. सुपर ओभरमा शून्य रन

विश्व क्रिकेटमा पछिल्लो समय सुपर ओभर सामान्य बन्न थालेको छ । सुपर ओभरमा हरेक ब्याट्सम्यान धेरै भन्दा धेरै रन बनाउन चाहन्छन् । क्यारेवियन प्रिमियर लिगमा गुयाना एमेजन वारियर्स र त्रिनिडाड टोबागो रेड स्टिलबीचको खेल टाई भएको थियो । एमेजनले सुपर ओभरमा ११ रन बनाएको थियो । १२ रन बनाउन त्रिनिडाडका निकोलस पुरन र रस टेलर आएका थिए । उक्त समय पुरन १८ वर्षका मात्रै थिए र विश्व क्रिकेटमा उदाउँदै थिए ।

स्ट्राइकमा पुरन र नस्ट्राइकमा टेलर रहे । पुरनले सुरुवाती चारै बल छुन सकेनन् । नारायणले सुरुवाती दुई बल अफसाइडमा, आउट साइट र अफ स्टम्पमा खेलाउँदै डट राखेका थिए । पुरन सबै बलमा ठूलो सट खेल्ने प्रयासमा मिस हुन पुगेका थिए । पाँचौ बलमा ठुलो सट खेलेका पुरन लङअफमा मार्टिन गुप्टिलबाट समातिन पुगेका थिए । अन्तिम बल टेलरलाई डट राख्दै नारायणले इतिहास रचे । नारायण सुपर ओभरमा मेडन राख्ने पहिलो खेलाडी बने । जुन सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

२. बल स्टम्पमा लाग्दै छक्का जानु

इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चर बाउन्सर लागि वर्तमान समयका चर्चित खेलाडी हुन् । आर्चर तीव्र गतिको स्पीडमार्फत ब्याट्सम्यानलाई दबाबमा राख्न सक्ने बलर हुन् । १ सय ५० माथिको प्रतिघण्टा किलोमिरटको रफ्तारमा बलिङ गर्ने आर्चरले इंग्ल्यान्डलाई २०१९ मा घरेलु मैदानमा एकदिवसिय विश्वकप उपाधि जिताउन सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए ।

लिग चरणमा बंगलादेशसँगको खेलमा एक अनौठो घटना घटेको थियो । कार्डिफमा इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय ८७ रनको विशाल लक्ष्य पछ्याउनेक्रमा चौथो ओभरको दोस्रो बलमा आर्चरले सौम्य सरकालाई बोल्ड आउट गरे । १ सय ४३ प्रतिघण्टा किलोमिरटको तीव्र गतिका बलिङ गरेका आर्चरले देब्रे हाते ब्याट्सम्यान सरकार मिस हुँदा बल स्टम्पमा लागेर विकेटकिपरमाथिबाट सिधैं बाउन्ड्री बाहिर गएको थियो । जुन विश्व क्रिकेट इतिहासकै एक दुर्लभ घटना थियो ।

१. एक बलमा २ सय ८६ रन

एक बलमा कति रन बन्ला ? छक्का हाने ६ रन । नो बलमा छक्का हाने ७ रन र नो बलमा लगातार छक्का हाने १३ रन । विश्वास गर्न गाह्रो पर्छ । तर एक मैत्रीपूर्ण खेलमा एकै बलमा २ सय ८६ रन बनेको छ । जुन सुन्दानै अविश्वसनिय र आश्चर्य लाग्छ । इंग्ल्यान्डको एक पत्रिका अनुसार सन् १८९४ जुलाई १५ को घटना हो । वेस्टर्न अष्ट्रेलिया र भिक्टोरियन टिमबीच एक खेल भएको थियो ।

भिक्टोरियनले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । मैदानको छेउमा बाउन्ड्री भित्र एउटा ठुलो रुख थियो । पहिलो बलमै ओपनरले ठुलो सट खेल्नेक्रममा उक्त बल रुखको हाँगामा गएर अड्कियो । भिक्टारियन ब्याट्सम्यानहरु रन लिन दौडन थाले । अम्पायरले रनको मान्यता दिए । किनभने त्यो समय कुनै पनि नियम थिएन ।

रुख ठुलो हुँदा खेलाडी चढ्न सकेनन् । वेस्टर्न अष्ट्रेलिया खेलाडी रुखलाई काट्न कसैले बन्चरो खोज्न थाले त कसैले बन्दुक । बन्दुकले हानेपनि बल खसेन । पछि अम्पायरले उक्त रुख काट्न लगाए । रुख काटेसँगै बल मैदानमा झर्यो । तर उक्त समय सम्म भिक्टोरियनहरुले २ सय ८६ रन बनाइसकेका थिए र इनिङ घोषित गरेका थिए । उक्त लक्ष्य वेस्टर्न अष्ट्रेलिया खेलाडीले पूरा गर्न सकेनन् र भिक्टोरियन टोली विजयी भएको थियो । यद्यपी यो खेलको आधिकारीक प्रमाण भने छैन ।

यो पनि पढ्नुहोस : क्रिकेटका पाँच अप्रत्याशित क्षण

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.