4 years ago
July 17, 2021
एजेन्सी – जापानमा यसै साता सुरु हुने टोकियो २०२० ओलम्पिकमा सहभागिता जनाउन पुगेका युगान्डाका एक खेलाडी आफ्नो होटेलबाट भागेका छन् । २० वर्षीय भारोत्तोलन खेलाडी जुलिअस सेकितोलेको प्रशिक्षण क्याम्पमा रहेको बेलामा टिम होटेलबाट नै फरार भएका हुन् ।

शुक्रबार गरिएको नियमित कोरोना परिक्षणमा सहभागी नभएपछि उनको कोठामा खोज्न जाँदा उनी त्यहाँ नरहेको थाहा भएको थियो । गत महिना नै जापान आइपुगेर प्रशिक्षणमा रहेको टोलीका एक खेलाडी र एक प्रशिक्षकमा गत महिना कोरोना संक्रमण देखिएको थियो । त्यसयता टोली ओसाकाको इजुमिसनोमा प्रशिक्षण गरिरहेको थियो ।
युगान्डाको भारोत्तोलन संघका अध्यक्ष सलिम मुसोकेले जुलिअस प्रतियोगितामा सहभागी हुन अयोग्य रहेपछि केहि दिनमा नै फर्कने तयारीमा थिए । उनलाई उद्घाटन समारोह अघि नै स्वदेश फर्काउने तयारी भइरहेको थियो । तर तीन दिनअघि मात्र आफैं कुरा गरेका खेलाडी गायब हुँदा आफैं आश्चर्यमा परेको मुसोकेले बताएका छन् । सबै खेलाडी र अफिसियलले आफ्नो पासपोर्ट बुझाएको उनले बताए ।
अध्यक्ष मुसोकेले चाडो भन्दा चाडो उक्त खेलाडीलाई सरकारले खोजेर स्वदेश फर्काउन सहयोग मागेका छन् । ‘खेलाडी गायब हुनु समग्र देशकै लागि राम्रो होइन । म आशा गर्छ की खेलाडी चाडै भेटिउन्,’ उनले न्यु योर्क टाइम्ससँग भने, ‘सरकारले उनको खोजि गर्छ भने हामी उनलाई खेलबाट नै प्रतिबन्ध गरेर घर फर्काउनेछौं ।’
इजुमिसनो सहरका प्रवक्ता युजी फुकुओकाले आफूलाई यस घटनाबारे जानकारी रहेको र खोजी कार्य सुरु भइसकेको जनाए । ‘हामी सकेसम्म चाडो उनी भेटिउन् भन्ने चाहन्छौं । विना कुनै कागजात उनी समस्यामा पर्न सक्छन्,’ उनले भने, ‘हाम्रो सहरमा हराएका खेलाडी चाडै भेट्ने आशा राखेका छौं ।’
यो पनि पढ्नुहोस : नेपालको ओलम्पिक यात्रामा पदाधिकारीको जात्रा
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]