default_image

9 years ago

November 4, 2016

माल्दिभ्सको भलिबल लिगमा प्रतिभाको उच्च प्रदर्शन

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिप खेल्न पुगेकी प्रतिभा माली पहिलो खेलमै आफ्नो प्रभाव छोड्न सफल भएकी छिन् । नेपाली टोलकी नम्बर एक स्पाइकर प्रतिभा र कोपिला सम्मिलित मिस्किनागु इमेन जी ग्लुहुन क्लबले शुक्रबार माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।

prativa

दुई नेपाली रहेको ग्लुहुनले दुई अमेरिकी खेलाडी रहेको माल्दिभियन क्लबलार्ई २५–२२,२५–१७ र २७–२५ को सोझो सेटले हराएको उनीहरुको व्यवस्थापकका रुपमा त्यहाँ पुगेकी नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीले जानकारी दिइन् । प्रतिभा सो खेलमा वमन अफ दी म्याच समेत घोषित भइन् ।

prativa

मालीका अनुसार प्रतिभा र कोपिला टोलीमा सेट हुन अझै बाँकी छ । उनले भनिन्,‘अझै तालमेल मिल्न बाँकी छ । आजको खेलमा पनि एकपछि अर्को सेटमा विस्तारै लय मिलेको थियो । आउने खेलमा अझै सुधार हुनेछ ।’ कोपालका लागि माल्दिभ्समा यो दोस्रो र प्रतिभाका लागि पहिलो अनुभव हो । मालीका अनुसार लिगमा माल्दिभ्सका ५ क्लबको सहभागिता रहेको छ । सबैले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीबीच पुन समूह विभाजन गरि प्रतिस्पर्धा हुने आयोजकले जनाएको मालीले बताइन् । माल्दिभ्सको अर्को क्लबबाट खेल्नका लागि नेपाली टोलीकी उपकप्तान मञ्जु गुरुङ र अरुण शाही शुक्रबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।

शनिबार माल्दिभ्स पुग्ने उनीहरु फिस्दा क्लबबाट खेल्ने मालीले बताइन् । मालीका अनुसार त्यहाँको क्लबले दुई विदेशी खेलाडी टोलीमा राख्न पाउनेछ । प्रतिभा र कोपिलाले क्लबबाट कम्तीमा १ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।‘खेले वापत हजार डलर पाउनेछन्,’ मालीले भनिन्,‘टोलीले राम्रो स्थान ल्याएको खण्डमा बोनस रकम पनि थपिदिने क्लबले हामीलाई जानकारी गराएको छ । पहिलो पटक कोपिला र निमा श्रेष्ठ विदेशी क्लबबाट व्यवसायिक भलिबल खेलेका थिए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.