4 years ago
October 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल भलिबल संघले शुक्रबार दिएको जानकारी अनुसार प्रतियोगिता यसै वर्ष डिसेम्बर २१ देखि २९ सम्म (पुष ६ देखि १४ सम्म) बंगलादेशमा हुने प्रतियोगितामा नेपाल सहभागी हुँदैछ । संघले एसियन सेन्ट्रल जोन र बंगलादेशलाई प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिएको छ । संघले कोभिडका कारण प्रतियोगिता अन्तर्राष्ट्रिय आयोजनामा बाधा परेकोमा यो सुरुवातलाई स्वागत गरेको छ ।
अब संघले चाडै प्रतियोगिताको तयारी थाल्ने पनि बताएको छ । यसै वर्ष नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपको लागि तयारी थालेको थियो । तर अन्तिम समयमा एभीसीले कोरोनाको कारण देखाउँदै नेपाललाई सहभागिता जनाउन नदिने भनेपछि नेपालको तयारी रोकिएको थियो । पछि कोभिडकै कारण प्रतियोगिता रद्द भएको थियो ।
नेपालले सन् २०१९ मा बंगलादेशमै भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो । नेपालले अपराजित रहँदै उक्त प्रतियोगिता जितेको थियो । पुरुषतर्फ भने सन् २०१८ मा नेपाल घरेलु कोर्टमा समूह चरणबाट बाहिरिएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]