4 years ago
November 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डच प्रशिक्षक हान एबिङले पुन: एकपटक सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको प्रशिक्षण सम्हाल्ने भएका छन् ।

नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमिति बैठकले यसअघि नेपाललाई प्रशिक्षण दिइसकेका हान एबिङलाई नै प्रशिक्षकको रुपमा ल्याउने निर्णय गरेको हो । उनी २ मंसिरमा नेपाल आइपुग्ने संघका सचिव मनवीर छन्त्यालले जानकारी गराए ।
हानले यसअघि नेपालमै भएको पुरुष सेन्ट्रल जोनमा पुरुष टोलीलाई प्रशिक्षण दिएका थिए । त्यसबेला नेपालको यात्रा समूह चरणमा नै सिमित रहेको थियो । उनको खर्च विश्व भलिबलको सर्वोच्च निकाय एफआईभिबीले बेहोर्ने छ । नेपालको पुरुष र महिला टिमले बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म हुने सेन्ट्रल जोन खेल्दैछ ।
पुरुष टिमका लागि गत असोजमा भएको एनभिए क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबीच छनोट गराई अन्तिम बन्द प्रशिक्षण थालिने संघले जनाएको छ । छनोट ३ र ४ मंसिरमा हुनेछ । त्यसपछि टोलीको बन्द प्रशिक्षण सुरु हुनेछ ।
यस्तै संघको बैठकले सेन्ट्रल जोनकै कारण डिसेम्वरकै लागि तय भएको फ्रेन्चाइज भलिबल सर्ने बताएको छ । नयाँ मिति अनुसार फ्रेन्चाइज भलिबल ६ देखि २८ माघसम्म आयोजना हुनेछ । त्यसपछि फागुनमा नेपाली सेनाले आयोजना गर्ने प्रधानसेनापति भलिबल हुनेछ । नेपाल भलिबल संघले आयोजना गर्ने एनभिए लिग कञ्चनपुरमा गराउने निर्णय गरेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]