default_image

4 years ago

November 24, 2021

बार्सिलोना रोकियो, बायर्नको पाँचौ जित

244 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘ई’ को खेलमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग निराशजनक बराबरी खेल्दा जर्मन क्लब बायर्न म्युनिखले लगातार पाँचौ जित निकालेको छ ।

बल पोसेसन राख्दै बेन्फिकालाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बायर्नले बेन्फिकासँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो । क्याम्प नोउमा मंगलबार राति भएको खेलको पहिलो हाफका बार्सिलोनाका केही प्रहारलाई बेन्फिकाका गोलरक्षक ओडिसिस भ्लाचोडिमोले निस्तेज पारेका थिए ।

५७औं मिनेटमा मेम्फिस डिपाएले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बार्सिलोना अग्रता लिनबाट चुक्यो । ६५औं मिनेटमा नुनेजको प्रहारले पोस्टको दिशा लिन नसक्दा बेन्फिकाले अग्रता लिन सकेन ।

६७औं मिनेटमा औसमाने डेम्वेलेले दुई डिफेन्डरलाई बिट गर्दै फ्रान्की डि जोङलाई दिएको पास र त्यसपछि मेम्फिस डिपाएले गरेको प्रहारलाई बेन्फिकाका गोलरक्षक ओडिसिस भ्लाचोडिमोले पञ्च गर्दै बचाए । खेलको अन्त्यतिर दुवै टोलीले केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

बराबरीपछि यो समूहबाट च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो समूह चरणको अन्तिम खेलबाट नै लाग्ने भएको छ । बार्सिलोना र बेन्फिकाको नै दोस्रो टोलीको रुपमा नकआउट चरण पुग्ने सम्भावना रहेको छ । समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले बायर्न म्युनिखसँग तथा बेन्फिकाले डेनामो किएभसँग खेल्दैछ । खेल ८ डिसेम्वरमा हुनेछ ।

यही समूहको अर्काे खेलमा नकआउट चरणमा स्थान पक्का गरिसकेको जर्मन क्लब बायर्न म्युनिखले डेनामो किएभलाई २–१ ले पराजित गरेको छ । बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र किङ्सले कोमानले गोल गरे । घरेलु टोलीका डेनिस हरमासले एक गोल फर्काए । यो जितपछि अपराजित बायर्नको ५ खेलबाट १५ अंक पुगेको छ । डेनामो किएभ १ अंक जोडेर पुछारमा रहेको छ ।

समूह ‘जी’ को खेलमा लिलले साल्जवर्गलाई १–० ले तथा सेभियाले वल्फ्सवर्गलाई २–० ले पराजित गरेको छ । यो नतिजापछि यो समूहबाट चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना जीवितै रहेको छ । अब समूह चरणको अन्तिम खेलबाट नकआउट चरण पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।

अन्तिम चरणमा सेभिया र साल्जवर्ग तथा वल्फ्सवर्ग र लिलबीच प्रतिस्पर्धा हुनेछ । यो समूहमा लिलको ८, साल्जवर्गको ७, सेभियाको ६ र वल्फ्सवर्गको ६ अंक छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.