4 years ago
November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आयल निगम मनाङ–मर्स्याङ्दी क्लब र नेपाल आइस हिमालयन शेर्पाले कतार एअरवेज सहदि स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । तेस्रो मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावाले ओलाडिपो अफिजको हेडर पोस्ट नजिकैबाट बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो ।
४१औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रिकिक क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पा अग्रता लिनबाट चुक्यो । त्यसमै रिवाउन्डमा अलरिच सिवेको हेडरलाई दिनेश राजवंशीले गोललाइनबाट बचाउँदै मनाङको संकट टारे । दोस्रो हाफ केहीवेरमा सुरु हुनेछ ।
मनाङ लगातार दोस्रो जितको खोजीमा रहँदा शेर्पा पहिलो जितको खोजीमा हुनेछ । मनाङले पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दा शेर्पाले संकटासँग १–१ गोलको बराबरी खेलेको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]