default_image

2 years ago

November 28, 2021

पिएसजीका लागि रामोसको ‘डेब्यु’

एजेन्सी – स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोसले फ्रान्सेली क्लब पिएसजीका लागि ‘डेब्यु’ गरेका छन् । प्रशिक्षक मौरिसियो पोचेटिनोले सेन्ट इटिएनविरुद्ध रामोसलाई पहिलो रोजाईमा राखेका हुन् । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट पिएसजी पुगेका रामोसले लिग वान अन्तरगत सेन्ट इटिएनविरुद्धको खेलमा पहिलो रोजाईमा पर्दै लिग वान तथा पिएसजीका लागि पहिलो खेल खेल्न लागेका हुन् । […]

25 views

0 Bookmark

एजेन्सी – स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोसले फ्रान्सेली क्लब पिएसजीका लागि ‘डेब्यु’ गरेका छन् । प्रशिक्षक मौरिसियो पोचेटिनोले सेन्ट इटिएनविरुद्ध रामोसलाई पहिलो रोजाईमा राखेका हुन् ।

यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट पिएसजी पुगेका रामोसले लिग वान अन्तरगत सेन्ट इटिएनविरुद्धको खेलमा पहिलो रोजाईमा पर्दै लिग वान तथा पिएसजीका लागि पहिलो खेल खेल्न लागेका हुन् ।

क्लबमा आबद्ध भएपनि चोटका कारण मैदान बाहिर रहेका रामोसले पिएसजीमा डेब्युको लागि लामो प्रतिक्षा गर्नुपरेको हो । यो सिजन पिएसजीले सुपरकपसहित २० खेल खेलिसकेको छ ।

लिग वानमा पिएसजी १४ खेलबाट ३७ अंक जोडेर शीर्षस्थानमा रहँदा च्याम्पियन्स लिगमा समुह ‘ए’ बाट दोस्रो स्थानमा रहेर प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । च्याम्पियन्स लिगमा पिएसजी ५ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.